कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कतारमा रहेका सबै नेपालीलाई विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि राहत वितरण निरन्तर जारी राखेको छ ।

यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले मिति २७ अप्रिल २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका ६३ जना महिला दिदी बहिनीहरू लाई खाद्यान्नको राहत प्याकेज बितरण गरेको थियो । यस्तै नेपाली दूतावास कतारको संयोजनमा क़तार च्यारिटी द्वारा प्राप्त खाधान्न कतारको विभिन्न ठाउँमा रहेका ८० जाना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको संघले जनाएको छ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जारी गरेको विज्ञप्तिमा यस बिपदको घड़ीमा आफूले सावधानीका उपायहरू अवलम्बन गरि सुरक्षित रहनुको साथै आफू संग बसेको नेपाली अथवा ग़ैर नेपाली दाजुभाईहरूलाई सुरक्षित रहनको लागि जनचेतना फैलाऊन जरूरी रहेको उल्लेख छ।
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १)० नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको पनि विज्ञप्तिमा छ ।

विज्ञप्ति
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ ।
यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती मिति २७ अप्रिल २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका ६३ जना महिला दीदी बहिनीहरू लाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको तथा आज नेपाली दूतावास कतारको संयोजनमा क़तार च्यारिटी द्वारा प्राप्त खाद्दान्न कतारको विभिन्न ठाउँमा रहेका ८० जाना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।
यस राहत बितरणमा खटिनुभएको मध्य पुर्ब संयोजक Prabin Gurung ज्यु, आईसीसी सदस्य Ramesh Bhatta ज्यु, प्रथम उपाध्यक्ष Uttam Gurung ज्यु, दित्तिय उपाध्यक्ष Kumar Khadka ज्यु महासचिव Padam Giri ज्यु, महिला संयोजक Ambika Khatri ज्यु, कार्यसमिती सदस्य Jhabindra Acharya ज्यु, Gajendra Khaling Rai ज्यु, Sanjay Rajak ज्यु तथा Suman Bharati भाई लगायत सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
घरमै बस्नु होस, तपाई को सुरक्षानै मेरो सुरक्षा हो,
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार









