कतार / प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष चानक पोखरेलले नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक बिबाद तत्काल अन्त्य गर्न सबै नेतृत्व बर्गलाई आग्रह गरेका छन् । पोखरेलले एकतालाई बलियो बनाउनुको बिकल्प नभएको बताउदै सबै नेतृत्व बर्गलाई पदभन्दा पार्टी ठुलो हो भन्ने बुझी करोडौ कार्यकर्ताको मनोभावना बुझ्न समेत अनुरोध गरेका छन ।
अहिले संसारभर कोरोना महामारीबाट संसारभर रहेका नेपालीहरु समस्यामा परिरहेको बेलामा नेकपा भने आन्तरिक द्वन्दमा अल्मलिनु सारै दुखद् क्षण भएको बताए पोखरेलले कोरोना महामारीबाट ज्यान गुमाउने सम्पुर्ण नेपालीजन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महामारीको संक्रमणमा पर्नुभएका सम्पुर्णको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
उनले अहिले नेपालमा देखिएको राजनीतिक घटनाक्रमले संसारभरका नेपालीहरु कौतुहलता सिर्जना भएको बताए । नेकपाभित्र आन्तरिक वर्गसंघर्षको तरङ्गले कार्यकर्ता तथा नेताहरुमाथी कैयौ प्रश्न उठ्न थालेका छन । अहिलेको समय भनेको सरकार परिबर्तन एबम नेतृत्व परिबर्तनको नभएको पोखरेल दाबि गर्छन । जनताको समस्या नयाँ सरकार नभई कोभिड-19 बाट त्रसित जनताको मनोवल बढाउनु, रोग फैलिन नदिनुका साथै जनताका गाँस, बाँस र कपासको बन्दोबस्त गर्नु भएको पोखरेलको ठम्याई छ । जुन काम सरकारले सुरु गरिसकेको छ कयौ समस्यामा परेकाको उद्दार एबम राहत मार्फत केही हदसम्म भएपनि सहयोग भैरहेको छ ।
आन्तरिक वर्गसंघर्ष हुनु, सरकार र पार्टीलाई खबरदारी गर्नु जरुरी होला नै तर हरेक कालखण्डमा केपि ओलि, प्रचण्ड, माधब नेपाल र झलनाथ खनाल लगायतका शिर्ष नेतृत्वमा रहेका नेताहरुको बराबरि सम्मान प्रबासी नेपालीले अपेक्षा गरेको पोखरेलले बताए । त्यसैले यस समयमा सरकारलाई सहयोग गरौ, जनतालाई राहत उपलब्ध गराउनुका साथै पार्टी भित्रको आन्तरिक बिषयलाई सहज रुपमा सुदृढीकरण गरि अझै बलियो बनाउन अहिलेको नेतृत्व पंक्तिमा रहेका नेताहरुको उतिकै जिम्मेवारी रहेको प्रबासी नेपालीले बुझेको उनले दाबि गरे । त्यसैले पहिला समस्या समाधान होस त्यसपछि हरेक बिषय माथी गहन छलफल हुनुपर्नेमा पोखरेलले जोड दिए ।
पोखरेलले अहिलेको समस्याको समाधानको लागी छलफल सचिबालय बैठक मार्फत घरभित्र प्रबेस गरेकोमा स्वागत गर्दै त्यहाँबाट बाहिर ननिकालि भित्रै समाधान गरी पार्टीको बदनाम नगरी करोडौ समर्थकको मन नदुखाऊन नेतृत्व बर्गको ध्यानाकर्षण गरेका छन । पोखरेलले बार्ताको माध्यमबाट समस्या समाधान गरि करोडौ नेपालीको मन जित्नसमेत अनुरोध गरे ।
