बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा गोरखाको चेपाङ बस्तिमा राहत बितरण (फोटोफिचर)

बुधबार, बैशाख १७ २०७७

गोर्खा / गण्डकी गाउँपालिका वडा नं १ मकैसिंहस्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन
घलेको सहयोगमा स्थानिय जनप्रतिनिधिको रोहवरमा बिकास हाईड्रो पावर कम्पनीको प्रबन्ध निर्देशक कृष्ण घिमिरे,निर्देशक सरोज धिताल र सागर पन्तको पहलमा खाध्यान्न सहयोग गरिएको छ ।

माछा खोलामा निर्माणाधिन विकास हाइड्रोपावर कम्पनीका सञ्चालक समेत रहेका सामाजिक व्यक्तित्व घलेले यस अघि उत्तरी गोरखामा रहेका समस्यामा परेका परिवारलाई समेत सहयोग प्रदान गर्दै आइरहेका छन् ।

 

आज एक कार्यक्रमका वीच २० बोरा चामल, नुन, तेल गण्डकी गाउँपालिका वडा नंं १ का सदस्य मीन बहादुर सुनार लगायतको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । दैनिक ज्यालादारी र पिडितहरुको समस्यामा स्थानीय सरकार रमिते बनेपछि पीडित परिवारलाई मनकारीहरुले सहयोग गरेका हुन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार