मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढ्यो, एकैदिन ६ जनामा संक्रमण

बुधबार, बैशाख १७ २०७७

काठमाडौं / वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीमा कोरोना भाइरस संक्रमण देखिने क्रम बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार रोजगारीका लागि कुवेत पुगेका ५१ जना नेपाली संक्रमित भएका छन् ।

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । विगत सात दिनमा २० नेपालीमा संक्रमण देखिएको छ ।

कुवेतमा संक्रमितलाई त्यहाँका नागरिक सरहको उपचार व्यवस्था रहेको नेपाली दूतावासले जनाएको छ ।

खाडी मुलुकमध्ये बहराइनमा नेपाली कोरोनाका कारण बढी प्रभावित भएका छन् । त्यहाँ १३६ जनामा कोरोना देखिएको छ । त्यसपछि बढी प्रभावित मुलुक कुवेत हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार