शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भिज़िट भिषामा दलालको पछि लागेर बिदेश यात्रा नगर्न गैरआवासीय नेपाली संघ यूएईको आग्रह (विज्ञप्तिसहित)

मंगलबार, बैशाख १६ २०७७

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईले भिज़िट भिषामा दलालको पछि लागेर बिदेश यात्रा नगर्न आग्रह गरेको छ । क़ोरोनाको कारण पिडित नेपालीहरुलाई राहत बाँड़ने क्रममा धेरै नेपालीहरू दलालहरूको आश्वासनले भिज़िट भिषामा आएर दुःख पाएको, ठगीएको र पिडित रहेको भेटीएको भन्दै संघले यस्तो आग्रह गरेको हो । ‘त्यस्ता दलाल र ठग हरूको सूची यो अभियानको क्रममा प्राप्त भएकोले आवश्यक परामर्श सहित सम्बंधित निकायमा कार्यबाहीको लागी बुझाइने छ ।
नेपालमा रहने सबै युवाहरुलाई भिज़िट भिषामा दलालको पछी लागेर बिदेश यात्रा नग़र्न ग़ैर आवासीय नेपाली संघ यूएई हार्दिक अनुरोध गर्दछ’, एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाद्धारा जारी विज्ञप्तिमा छ ।

विज्ञप्ति :
क़ोरोनाको कारण पिडित नेपालीहरुलाई राहत बाड़ने क्रममा धेरै नेपालीहरू दलालहरूको आश्वासनले भिज़िट भिषामा आएर दुःख पाएको , ठगीएको र पिडित रहेको भेटीएकोले तेस्ता दलाल र ठग हरूको सूची यो अभियानको क्रममा प्राप्त भएकोले आवश्यक परामर्श सहित सम्बंधित निकायमा कार्यबाहीको लागी बुझाइने छ ।

नेपालमा रहने सबै युवाहरुलाई भिज़िट भिषामा दलालको पछी लागेर बिदेश यात्रा नग़र्न ग़ैर आवासीय नेपाली संघ यूएई हार्दिक अनुरोध गर्दछ ।

यूएईमा मात्र हज़ारौ नेपालीहरू भिज़िट भिषामा रहेको र नेपाली दलालहरूबाट ठगीएको जानकारी गराउदै , समय मा सचेत रहि आफ्नो सुरक्षा ग़र्न सबै नेपालमा रहने युवाहरुलाई आब्हान गर्दछौ ।

जागीर पाइंछ भनेर भिज़िट भिषामा बिदेशको यात्रा नगर्नु होला र भिज़िट भिषामा बिदेश लगेर जागीर लगाईदिंछू भंदै मोटों रक़म असुल्ने दलाल हरुलाई बहिष्कार गर्नु होला ।

धन्यबाद सहित

प्रकाश कोईराला
अध्यक्ष
नेपाली एशोसियसन ( एनआरएनए) यूएई

प्रतिक्रिया
सम्बन्धित समाचार