काठमाडौँ(जस)– नेपाल कम्युनिस्ट पार्टीका गोर्खा जिल्ला ईन्चाज कृष्ण धितालले गोर्खा अस्पताललाई पचास पिपिई सेट वितरण गरेका छन । धितालले गोर्खा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. नबिन थापालाई पिपिई सेट हस्तान्तरण गरेका हुन । कोरोना भाईरसको महामारीको अग्र स्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागी पिपिई वितरण गरिएको धितालले बताए ।

एनआरएनए केंद्रीय कार्यालयबाट प्राप्त ५० थान पिपिई धितालले गोर्खा अस्पताललाई हस्तान्तरण गरेका हुन । एनआरएनएले आगामी दिनमा गोर्खा अस्पताललाई थप पिपिई र सुरक्षा सामाग्री समेत वितरण गरिने जनाईएको छ । गैरआवासीय नेपाली संघले मंगलबार दुई अस्पतालहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) वितरण गरेको छ । संघ सचिवालयबाट गोर्खा अस्पताल र डडेल्धुरा अस्पताललाई एक सय पिपिइ वितरण गरेको हो ।

कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दबाडीले गोर्खा अस्पतालका लागी नेकपा गोर्खा जिल्ला ईन्चाज धिताल र डडेल्धुरा अस्पतालका लागी एनआरएनए अभियन्ता नरेन्द्र भाटलाई हस्तान्तरण गरेका थिए ।

पिपिइ वितरणपछि जनसवाल राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपानेले संघले नेपाल र नेपालीको लागि सधै आवश्यक सहयोग गरिरहेको बताए । न्यौपानेले अहिलेको कोरोना भाइरस संक्रमणको गम्भीर अवस्थामा सबै एकजुट भएर कोरोना विरुद्ध लडनुपर्ने बताउँदैं संघले गरेको सहयोग उपयोगी हुने बताए ।

उपसंयोजक न्यौपानेले अहिलेको अबस्थामा अस्पतालमा कार्यरत डाक्टरहरुको सुरक्षालाई प्राथमिकता दिएर अस्पतालहरुलाई पिपिई वितरण गरिएको बताए उनले एनआरएनएले भावी दिनमा थप क्षेत्रमा कोरोना महामारीबाट बच्नको लागी थप साबधानिका सामानहरू वितरण गरिने समेत बताए ।
उक्त पिपिई वितरण कार्यक्रममा नेपाल बिज्ञापन संघका सचिब एवं बिकास हाईड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे र बिकास हाईड्रोपावरका निर्देशक सरोज धितालको पनि उल्लेख्य योगदान रहेको थियो । उनीहरुले मंगलबार नै उक्त पिपिई सेट गोर्खा अस्पताल पुर्याएका थिए ।
