मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोनाका कारण २ लाख ११ हजार २१९ को मृत्यु, अमेरिकामा मात्र ५६ हजार ६६६ ले ज्यान गुमाए

मंगलबार, बैशाख १६ २०७७

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार नाघेको छ । मंगलबार बिहानसम्म कोेरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार २१९ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ५६ हजार ६६६ ले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ९७७, स्पेनमा २३ हजार ५२१, फ्रान्समा २३ हजार २९३ तथा बेलायतमा २१ हजार ९२ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । विश्वभर उपचार गराइरहेका १९ लाख २८ हजार २६७ कोरोना संक्रमित मध्ये ५६ हजार २८१ को अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार