निश्चल दाहाल
काठमाडौं, १५ बैशाख । झापाको बाह्रदशी गाउँपालिकामा एक संक्रमित भेटिएको छ। तब्दिलिगी जमातमा सहभागी भएर दिल्ली(भारत)बाट आएका ५० वर्षीय ब्याक्ति कोरोना संक्रमित भएको पुष्टि भएको हो।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार ती संक्रमित पुरुष ३५ दिन अगाडि दिल्लीबाट घर आएका हुन्। उनी घर आएर बस्न मात्र नभएर यत्र तत्र घुमेको र धेरैको सम्पर्कमा आएको शंका गरिएको छ।
सोधपुछको क्रममा निज संक्रमितले यथेष्ट बिवरण दिन नपाउदा उनको संपर्कमा को को आए खोजी गर्न असहज भएको अध्यक्ष बताउनुहुन्छ।
निज संक्रमितलाई उपचारको लागि धरान या बिराटनगर पठाउने सल्लाह सहित तयारी हुँदै गरेको राजवंशिले बताउनु भयो।