बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नेपाली काङ्ग्रेसद्वारा बागलुङ तमानखोलामा राहत वितरण

सोमबार, बैशाख १५ २०७७

काठमाडौं । बिश्वभरी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस (कोविड१९) को प्रभावमा परेका अति बिपन्न घर परिवारलाई नेपाली काङ्ग्रेस माहाधिबेसन प्रतिनिधि एबम प्रदेश सांसदका प्रत्यासी जित बहादुर शेरचन, पुर्ब महासमिति सदस्य एबम ढोरपाटन नगरपालिकाका मेयरका प्रत्याशी अर्जुन शेरचन, बाग्लुङ क्षेत्र नम्बर २ ख का सभापति नर्जङ घर्ती, तमानखोला गाउपालिका पार्टी संयोजक खगेन्द्रमान पुन,नेपाल तरुण दल जिल्ला सचीव नबिन शेरचन, समाजसेवी एबम व्यावसायि ऋषिराम कंडेल,

पार्टीका क्षेत्रीय सदस्य धर्म घर्तीलगायत काठमाडौंका व्यावसायिहरुको सहयोगमा बाग्लुङ क्षेत्र नम्बर २ प्रदेश क र ख अन्तर्गत २१ वटा स्वास्थ्य चौकीमा पिपिइ, मास्क,सेनिटाइजर,ग्लोबस,साबुन, हेडक्याप र प्रदेश ख अन्तर्गत तमानखोला गा•पा•को ६ वटा वार्डको लामेला, तमान,खुङ्खानी,नर्जा,हिजा, स्याउला,थिर्बाङ,कोरलिबाङ,भिकोस,रिगलाङ,बोङखानी,पैरा,सेन्नामा, भएरर्बोङा,खोलेस्बाङ,सिल्गुममा ३३० घर धुरी अति बिपन्न परिवारलाई खाद्यान्न २० केजि चामल,१ पोका तेल,१ पोका नुन र साबुनका दरले राहत वितरण गरिएको छ । साथै ढोरपाटन नगरपालिकाको ९ वटा वार्ड र निशिखोला गाउपालिकाको ७ वटा वार्डमा पनि वितरण गरिने ऋषिराम कडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार