बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

मनमोहन अधिकारीको २१ औं स्मृति दिवसको अवसरमा प्रवासी नेपाली एकता मञ्च कतारद्धारा भावपूर्ण श्रद्धाञ्जली अपर्ण (विज्ञप्तिसहित)

आइतबार, बैशाख १४ २०७७

काठमाडौं । विश्वकै इतिहाँसमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष शालिन नेता श्रद्धेय कमरेड मनमोहन अधिकारीको २१ औं स्मृति दिवसको अवसरमा प्रवासी नेपाली एकता मञ्च कतार परिवार उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछ ।
९ जुन १९२० मा काठमाडौंको लाजिम्पाटमा जन्मनुभएका कमरेड अधिकारीको बाल्यकाल विराटनगरमा वितेको थियो । १९३८ मा अध्ययनका लागि वाराणसी गइ बि. एस्सी.को अध्ययन गर्नुभएका अधिकारी भारत बसाईमा नै कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको थियो । भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले पछि ट्रेड यूनियनको नेता समेत बन्नुभएको थियो । राजनितिमा निरन्तर क्रियाशिल हुने क्रममा नेपाल कम्यूनिष्ट पार्टिको पहिलो निर्वाचित महासचिव बनुभएको थियो भने विभिन्न समयमा जेल जिवन विताउन बाध्य हुनु परेका अधिकारी २०४६को आन्दोलनको एक प्रमुख नेता हुनुहुन्थ्यो ।
२००३ सालदेखिको अनवरत राजनीतिक संघर्ष, जनतामा देखाएको त्याग र इमान्दारिता नै स्व. मनमोहन अधिकारीको आदर्श थियो । त्यसैले त उनी बालक, युवा, वृद्ध सबैका आशाका धरोहर र लोकप्रिय हुनुहुन्थ्यो । छोटो समय उहाँले नेतृत्व गरेको सरकारले राष्ट्र र जनताको हितमा गरेका कार्यहरु देख्न नसक्ने देशी विदेशी शक्तिले अस्पताको शैयामा नै भएको अवस्थामा अविश्वासको प्रस्ताव दर्ता गराएर सरकारबाट हटाए पनि जनताले मनमोहन नेतृत्वकोे बहुमतको सरकार हेर्न चाहिरहेका थिए ।
कमरेड मनमोहन अधिकारीको व्यक्तित्वले नेपालको कम्यूनिष्ट आन्दोलन र त्यसको लोकप्रियतालाई समेत नँया उचाईमा पुर्याएको थियो । उहाँको भौतिक अनुपस्थितिमा उहाँका आदर्शलाई पछ्याउदै नेपाली बामपन्थी आन्दोलनले लामो यात्रा तय गरिसकेको छ । राजनैतिक व्यवस्था परिवर्तन भएर मुलुक लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरितमात्र भएको छैन लोकतान्त्रिक संविधान निर्माण भइ राजनैतिक स्थाइत्वका साथ बहुमतको बामपन्थि सरकार समृद्ध मुलुक निर्माणको सपना साकार पार्न क्रियाशिल छ ।
समयको चक्रले दुई दशक नाघे पनि कमरेड मनमोहनको निष्ठा, व्यक्तिगत र राजनैतिक छवि आज पनि उत्तिकै अनुकरिणय छ । देश र जनताले पार्टिको नेताको रुपमा मात्र होइन सिङ्गो मुलुकको अभिभावको रुपमा उच्च सम्मानका साथ स्मरण गरिरहेका छन् ।

कमरेड मनमोहन अधिकारीको २१ औं स्मृति दिवस र उहाँले देखाएको आदर्श पार्टिका सबै नेता कार्यकर्ता मात्र नभएर राष्ट्र कै लागि मार्गदर्शन बन्न सकुन्, सबैलाई आफ्नो जिम्मेबारी प्रति सचेत, इमान्दार भएर लाग्न प्रेरणादायी बनोस् भन्ने कामना सहित उहाँ प्रति पुनः भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दछौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार