शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाबुरामप्रतिको षड्यन्त्र नयाँ होइन, कोही बिचलित नबनौं !! शंकर लामिछानेको बिचार

शुक्रबार, बैशाख १२ २०७७

शंकर लामिछाने

किसान परिवारको छोरा,डा.बाबुराम भट्टराईलाई गाली र षड्यन्त्र अहिले मात्रै होइन सुरुवात देखि नै हो,कोहि बिचलित नहौ!२०४६साल सिद्दिएर २०४७साल लाग्ने बेला आफै संयोजक भएर एउटा बैठक बोलाउदा काङ्ग्रेसका गणेशमान सिंह,प्रदीप गिरि लगाएत अन्य बौद्धिक ब्यक्तिहरुको उपस्थितमा एक्लो बाबुरामले संविधानसभाबाट संविधान त्यो पनि जननिर्वाचित प्रतिनिधि हुनुपर्ने प्रस्ताव राख्दा, राजाको शासन सत्ता भएको पन्चायतका शासक अन्य राजनीतिक प्रतिनिधि र आफ्नै दलका प्रतिनिधिकबाट गाली नखाएका होईन,राष्ट्र नै बाबुराम सिध्याउन लागेको थियो!पन्चायतको पालामा बिचलित नभएको बाबुराम अनि देशभक्त नागरिक कत्तिपनि बिचलित नहुनु,
म सामान्य नागरिकको बुझाइ अनुसार
स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधार मानेर बाबुराम द्वारा लिखित विकास रणनीति लगायतका ४० बुदे बहुचर्चित ज्ञापनपत्र माओवादीको १०बर्षे जनयुद्धको मार्गदर्शन सिद्धान्त जस्तै थियो,जनयुद्ध कै क्रममा चुनुबाङ बैठक सम्म आइपुग्दा बाबुरामको ज्यानको समेत खतरा भएको समाचार बाहिर नआएका होईन अन्त्यमा बहुचर्चित चुनुबाङ बैठकले बाबुरामकै राजनीतिक दस्तावेज लोकतान्त्रिक गणतन्त्र नेपाल सहित संविधानसभा बाट संविधान” भन्ने राजनीतिक दस्तावेज पारीत गरेर नै छाड्यो।

सबैलाई स्मरण छ शान्ति प्रक्रिया र संविधान सभाको निर्वाचन पछि पालुङटार बिस्तारित बैठकमा पुष्पकमल दाहाल(प्रचण्ड) मोहन बैध्य(किरण) डा.बाबुराम भट्टराई (लाल्ध्वज) का फरक ३ राजनीतिक दस्तावेज आउदा बाबुरामलाई सत्तोसराप गर्न कसैले छोडेन आखिर उहीँ बाबुराम द्वारा लिखित शान्ति,संविधान र समृद्धिको दस्तावेज अन्ततः सहमतिमा पारित भएरै छाड्यो त्यसपछिको हेटौंडा महाअधिबेशनमा समेत,अहिले नेकपाको (माओवादी पक्ष) ले सिरानीमा राखेको”२१औ सताब्दिको जनवाद”नामक राजनीतिक दस्तावेज,संविधान प्राप्ति पछिको,दिगो शान्ति,शुसासन,सदाचार सहितको बिकास र समृद्धिको दस्तावेज, प्रमाण अझै छ।अन्त्यमा बाबुरामको ३० बर्षको अनवरत संघर्ष पछि जननिर्वाचित प्रतिनिधिहरु द्वारा संविधानसभाबाट संविधान बनेर नै छाड्यो,बाबुराम प्रती अझै षड्यन्त्र गर्न छोडिएन।

२०७० साल फागुन २५ गते “नेपाल साप्ताहि पत्रकामा “नयाँशक्तिको खाचो”भन्ने शीर्षकको बाबुरामको लेख छापियो त्यहाँ थियो संविधानसभाबाट संविधान बनेपछि मात्रै नेपाली जनता सहि अर्थमा सार्बभौम हुन्छ्न,र लोकतान्त्रिकरणको युग पूरा हुन्छ र नयाँ युग सुरु हुन्छ,”बैकल्पिक सोच, बैकल्पिक सस्कृती,र आचरण सहित नयाँ युगको नयाँ कार्यभार”यहि दृष्टिकोण सहितको बिचार बिजारोपण हुन्दा कम्युनिष्ट आन्दोलन भित्र पाइने सबै गाली गर्ने माओवादी नेता साथीहरू सगै म एक पनि थिए।बाबुरामले हुदाछदाको पार्टी छोडे,पार्टी छोड्दा मुर्दाबाद र भगौडा सम्म पनि भनियो।डा.भट्टराईले अल्फाबिटा भवनबाट पत्रकार सम्मेलन गरि बाहिदै गर्दा माओवादी रातो स्टिकर टासेको घर जस्तो हो भनेको अझै सम्झन्छु,एउटा दुरदृष्टाले भनेको कुरा साच्चै रातो स्टिकर टासेको घर नै रहेछ धेरै टिकेन पनि।बिकास र समृद्धिको लागि यो यथास्थितिको राजनीति भन्दा म माथी उठेर अगाडि बढ्नु पर्ने सोच साच्चै दुरदर्शि रहेछ।
बैकल्पिक राजनीति सजिलो कहाँ थियो र कसैले नयाँ केही गर्न खोजे षड्यन्त्रको सिद्धान्तले भरिपुर्ण भएको समाजमा यथार्थ बुझ्न समय लाग्थ्यो नै बाबुरामले सुरुवाती चरणमा नै इतिहास रचे बाबुराम कै एजेन्डा “बिकास र समृद्धि”आज राष्ट्रिय एजेन्डा बनेको देख्दा खुशी लाग्छ।

जब बाबुराम माओवादी परित्याग गरि बाहिरीए नयाँशक्ति अभियानमा लाग्दा पुर्व जनमुक्ति सेनाको प्रश्नको उत्तर दिदा अर्बौंको लडाकु घोटला भएको छ भन्नी खुलासा सार्वजनिक रुपमा नै गरे अनि बुढीगण्डकी आयोजनालाई कालोसुचिको कम्पनीलाई दिने निणयको खुलेर बिरोध गरेकै हुन,एनसिएल काण्डको सार्वजनिक रुपमा बिरोध गरेकै हुन।यहि भ्रष्टाचारको बिरोध गर्यो,माओवादी परित्याग गर्यो भनेर स्थानीय तहको निर्वाचनमा माओवादीका अध्यक्षको सरकारले आकस्मिक अध्यादेश ल्याएर नयाँशक्तिलाई चुनाव चिन्न समेत नदिने निणय गर्यो,एक्लो बाबुराम बिरुद्ध सिङ्गो राष्ट्रि लागे,अझै लागिरन्छ्न बिचलित कत्ति नहुनु,

प्रतिनिधिसभाको निर्वाचनमा नयाँशक्ति र नेपाली काङ्ग्रेस चुनावी तालमेल गरि चुनाव लड्दा,२०/२५ दिन गाउँ र बेसि धुलोमाटोमा उकाली-ओराली हिडिरहेको बाबुरामलाई कम्युनिजम छोड्यो,माक्र्सवाद छोड्यो,अवसरवादी भयो भन्दै पण्डित्याइ छाट्न राज्य सत्ताको दुरुपयोग गरि २/२वटा हेलिकप्टरमा सयर गरेर गोरखा आएर तथानाम गाली गरेर हेलिकप्टर मै काठमाडौ फर्किने शासकले बाबुरामलाई किन बाकी राख्थे र

भ्रष्टाचार र अनियमितताको बिरुद्ध ब्यबस्थापिका संसदबाट बुलन्द आवज दिने,बिकास र समृद्धिको लागि मौखिक र लिखित डिजाइन गरेर खाका तयार पार्ने एक्लो बाबुराम हुन दुई तिहाईको सरकारको रणनीति जनताको स्वास्थ्य,शिक्षा र सुरक्षामा कत्ति ध्यान छैन मात्रै बाबुरामलाई निष्क्रिय कसरी बनाउने यहि ध्यान यत्ति छ,किनकि बाबुराम पारदर्शीताको एक उदाहरण हुन,

बाबुरामको राजनीतिक पहुँच हुँदै गएपछी राजनीतिक दल विघटन सम्बन्धि अध्यादेश ल्याइ बाबुरामलाई बिचलित गराउने षड्यन्त्र हो भन्ने घटनाक्रमले प्रष्ट देखाएको छ अहिले तत्कालको लागि २/३ को भ्रष्टाचारीहरुको सरकारलाई गतिलो झापड दिएका छौ कत्ती बिचलित नहुनु, नेताले साथ नदेलान, कार्यकर्ताले साथ नदेलान तर नागरिकको ठुलो साथ बाबुरामलाई रहन्छ।म ब्यक्तिगत रुपमा राजनीतिक पार्टी सदस्यता लिने हैसियत राख्दिन बाबुरामको लागि मात्रै नभइ राष्ट्र र राष्ट्रियता, बिकास समृद्धको लागि आवज दिने स्पष्ट दृष्टिकोण राख्ने सबैलाई ज्यान दिन तयार नागरिक हु!नकारात्मक सोच्नेलाई तिनीहरुको चेतना स्तर तेस्तै रहेछ भन्नी सोच्नु,नकारात्मक दुर्भाब कसैप्रती नराख्नु पार्टी एकताको शुभकामना,#डा_बाबुराम_भट्टराई !!

प्रतिक्रिया
सम्बन्धित समाचार