बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारमा १७ नेपालीलाई आममाफी

बिहिबार, बैशाख ११ २०७७

काठमाडौं(जस)–कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन् । आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन् । लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३,चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक–एक नेपाली रिहा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार