मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, उपचारपछि घर फर्कनेको संख्या १०

बिहिबार, बैशाख ११ २०७७

काठमाडौं / नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उदयपुर र जनकपुरमा एक/एक संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जकनपुरका १४ वर्षीय एक किशोरमा संक्रमण पोजेटिभ भेटिएको हो ।

यस्तै बिहीबार पाटन अस्पतालमा उपचाररत दुई जनालाई डिस्चार्ज गरिएको छ । पेप्सीकोलाको सिनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलालाई घर पठाइएको हो । उपचारपछि घर फर्कनेको संख्या १० पुगेको छ ।

कैलालीकी ६५ वर्षीया वृद्धा कोरोना जितेर घर फर्किइन्

कैलाली- सुदूरपश्चिमकी एक वृद्धा कोरोनालाई जितेर घर फर्किएकी छन्। काेराेना निकाे भएपछि कैलालीको लम्कीचुहा नगरपालिका– १ की ६५ वर्षीया वृद्धा बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

लगातार दुई पटककाे काेराेना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी उनकाे यसअघि र्‍यापिड टेस्टमा काेराेना नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन् भने नेपालमा निको हुनेको संख्या १०पुगेको छ। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार