शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनए युएइको सहयोग जारी, हस्पिटलहरुमा पिपिइ वितरण

बुधबार, बैशाख १० २०७७

काठमाडौं,१० वैशाख । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले नेपालका विभिन्न हस्पिटलहरुमा पिपिइ बाड्ने कार्यको निरंतरता दिएको छ। नेपालमा रहेका संघका महासचिव निश्चल दाहालको संयोजनमा सचिव एमडि बोहोरा , ओम प्रकाश पोख्रेल सदस्य रहेको टिमले पिपिइ वितरण गर्दै छ। आज धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २२ थान र कोशी अंचल अस्पताल बिराटनगरमा २० थान पिपिइ सुट हस्तान्तरण गरिएको छ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारि, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, युवा समाजसेवी सन्दिप श्रेष्ठ, विभिन्न सुरक्षा निकायका प्रमुख लगायत प्रदेश अनि संघिय माननियहरुको समुपस्थितिमा बिपि कोइराला हस्पिटललाइ हस्पिटल डाइरेक्टर श्री गौरी शंकर शाह मार्फत संघका महासचिव निश्चल दाहाल र सचिव एमडि बोहोराले पिपिइ सुट हस्तान्तरण गरेका हुन।

त्यसै गरि आज नै दिउँसो कोशी अंचल अस्पतालमा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, प्रदेश नं १ सचेतक केदार कार्की, बिद्यार्थी नेता कृष्ण कार्कि, रामधुनी नगरपालिका नगर सभापती सुदिप अधिकारी, युवा नेता खेम थापा लगायतको उपस्थितिमा संघका महासचिव निश्चल दाहाल र सचिव एमडी बोहोराले अस्पतालकि निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सङ्गिता कौशल मिश्रमार्फत २० थान पिपिइ सेट हस्तान्तरण गरे।

हाल युएइमा नै रहेर नेपालिको सेवा गरि रहेका एनआररएनए युएइका उपाध्यक्ष नरेश शेनको संयोजनमा आफ्नै समिति भित्रबाट रकम संकलन गरि पिपिइ खरिद गरेर हाल सम्म १५० पिपिइ वितरण गरि सकेको महासचिव दाहालले बताए। भोलि बुटवलमा पिपिइ हस्तान्तरणको कार्यक्रम रहेको बताउदै दाहालले युएइमा रहेर ग्राउन्ड जिरोमा गइ नेपालिको सहयोग गरिरहेको टिमले नेपालमा रहने नेपाली प्रती पनि उत्तिकै जिम्मेवार भइ कार्य गर्ने बताए।

संघका उपाध्यक्ष नरेश शेन भन्छन युएइका साथ साथै नेपालका नेपाली प्रतीपनि सरोवर दायित्व रहेको र हामी हाम्रो छाक काटेर नेपालीको सेवा गर्न तल्लिन छौ तसर्थ हामी सक्दो सहयोग गरि रहन्छौ।

प्रतिक्रिया
सम्बन्धित समाचार