मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो (अपडेट)

मंगलबार, बैशाख ९ २०७७

काठमाडौं । उदयपुरमा मंगलबार थप १० जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा १० जनामा संक्रमण देखिएको बताए । उनका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको संक्रमण देखिएको थियो । उनले ती संक्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका संक्रमितमध्येकै समुदाय नै रहेको जानकारी दिए ।
यति धेरैको संख्यामा संक्रमित देखिएको यो दोस्रो पटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा संक्रमण देखिएको थियो । यसअघि मंगलबारै नै उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो । योसँगै उदयपुरमा संक्रमितको संख्या २४ पुगेको छ । यो तीन महिनामा संक्रमितको संख्या ४२ पुगेको छ । नेपालमा पहिलो पटक माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएकामा संक्रमण देखिएको थियो । प्रवक्ता अधिकारीका अनुसार मंगलबार पुष्टि भएका संक्रमितमा दुई १८, एक २०, एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एकजना उमेर नखुलेको महिला रहेका छन् ।
उनीहरु सबैको बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले यसअघि उदयपुरमा देखिएका संक्रमितको संसर्गमा रहेका २६० जनामध्ये काठमाडौँस्थित प्रयोगशालामा परीक्षणका क्रममा दुईजनाको संक्रमण देखिएको र अन्य २० जनाको हाल टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए । यसैगरी अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठजनामा संक्रमण देखिएको थियो । ती सबैको सोमबार नमूना सङ्कलन गरी अस्पतालमा पठाइएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा रहेका संक्रमितमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् ।
हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४ जना (टेकु अस्पतालबाट दुईजना, बाग्लुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना ) उपचार पछि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
२ सय ६७ जना रेड जोनमा !
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘वेवपेज र एपमा’ आफ्नो विवरण भराएकामध्ये हालसम्म तिनका लक्षणका आधारमा मन्त्रालयले २ सय ६७ जनालाई रेड जोनमा राखेको छ । खोकी लाग्ने, ज्वरो आउने, छाति दुख्ने, रुघा लाग्ने, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण कोरोना भाइरस कोभिड १९ का लक्षण हुन् । यिनै लक्षणका आधारमा हालसम्म २१ हजार ५ सय ६ट जना मानिसहरुले विभिन्न ठाउँबाट मन्त्रालयको वेवसाईटमा आफ्नो विवरण भरेका छन् । त्यसरी स्वमूल्याकंनको लागि विवरण भर्नेमध्ये गत २४ घण्टामा मात्रै २७५ जनाले जानकारी लिएका थिए । तिमध्ये ४ जना रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधीमार्फत् हालसम्म ८ हजार ७ सय ६३ जनाको परिक्षण गरिएको छ । गत २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएको छ । र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीबाट हालसम्म २७ हजार ९ सय ५६ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ८ सय ८ वटा नमूना जाँच गरिएको छ । यी सबै विवरण हेर्दा हालसम्म कोरोनाको आशंकामा ३६ हजार ७ सय १९ वटा परीक्षण सम्पन्न भइसकेका छन् । तिमध्ये र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीमार्फत् हालसम्म प्रदेश १ मा २ हजार ६ सय २० प्रदेश २ मा ३ हजार ५ सय ९८ बाग्मती प्रदेशमा ५ हजार १ सय ५७ गण्डकी प्रदेशमा ४ हजार १ सय प्रदेश ५ मा २ हजार ४ सय ८३ प्रदेश कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ गरी हालसम्म कुल २७ हजार ९ सय ५६ वटा जाँच गरिएको छ । हालसम्म ७ हजार ६७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या १ सय ७ रहेको छ । तिमध्ये काठमाडौंमा ६ र बाँकी १०१ जना बाहिरी जिल्लामा छन् ।
कोरोना संक्रमित उपचारपछि डिस्चार्ज
कोरोनाको संक्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष मंगलबार अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई मंगलबार डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए । डिस्चार्ज हुनेमा ३४वर्षीय अमृत शाही छन् । दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुग्नुभएका उनलाई कोरोना संक्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो संक्रमित व्यक्तिको रुपमा उपचारका लागि उन सो अस्पतालमा भर्ना भएका थिए । कोरोनाको संक्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको संख्या दुई पुगेको छ । सो अस्पतालमा कञ्चनपुर बेदकोट नगरपालिकाका एक पुरुष र कैलाली लम्की चुहा नगरपालिकाकी एक र अर्को एक महिलासहित तीन जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार प्रकाशित गरेको सूचनामा अस्पतालमा कोभिड—१९ बाट संक्रमितको उपचारका लागि दुई वटा भेन्टिलेटर पाँच श्ययाकोे छुट्टै आइसियु (सघन उपचार कक्ष) सेवा मंगलबारैबाट सञ्चालन गरिएको उल्लेख गरिएको छ । यसै गरी विगतदेखि नै सञ्चालनमा रहेको एक भेन्टिलेटर पाँच श्ययाको आइसियुमा हाल दुई वटा भेन्टिलेटर थप गरिएको सूचनामा जनाइएको छ । भेन्टिलेटरसहित नौ श्ययाको ‘एनआइसियु‘ सेवा भने अस्पतालमा विगतदेखि नै सञ्चालनमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार