बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था, बुधबारबाट केही क्षेत्रमा लकडाउन हटाइँदै

मंगलबार, बैशाख ९ २०७७

तिलु शर्मा पौडेल
दोहा, कतार / विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण कतारमा सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन थपिँदै गएको छ । कतारमा कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ६ हजार काटेको छ भने केही नेपालीहरू पनि सङ्क्रमित छन् l यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हालसम्म कतारमा ६ हजार ५ सय ३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

आज मात्रै थप ५१८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । भाइरसबाट कतारमा ९ जनाको मृत्यु हुँदा ६ सय १४ जनाले स्वास्थ्य लाभ गरेका छन् । हालसम्म ६६ हजार ७ सय २५ जनामा कोरोनाको परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४ लाखको हाराहारीमा कतारमा नेपालीहरू कार्यरत रहेका छन् ।

हिजो साँझ गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भोलि बुधवार बाट सनैया क्षेत्रको लकडाउन खोल्न सुरुवात गरिने भएको छ l भोलि पहिलो चरणमा सनैयाको स्ट्रिट न.१ र २ खोलिने छ भने बाँकी क्रमशः खोलिने भएको छ l भिजिट भिसामा कतार आएकाहरूको म्याद सकिए पनि बिना जरिवाना बस्न र स्वदेश फर्कन पाउने भएका छन् l आफ्नो कामदारलाई आइसोलेसन सेन्टरमा पठाउन इच्छुक कम्पनी ले कामदारको नाम आइडी नम्बर वा भिसा नम्बर,मोबाइल नम्बर र लागेको रोग बारे जानकारी सहित इमेल [email protected] र ४०२८७९४५ नम्बरमा सम्पर्क गर्न सकिने कुरा वित्तीय व्यवस्थापन समितिका प्रवक्ता लोल्वाह बित्न रसिद अल खतेरले जानकारी गराएकी हुन् l

प्रतिक्रिया
सम्बन्धित समाचार