शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बैदेशिक रोजगार ऎन अनुसार प्रवासी नेपालीलाइ स्वदेश फर्कन सम्बोधन गरियोस

मंगलबार, बैशाख ९ २०७७

नारायण पासवान

कोभिड-१९ ,को प्रकोप झन्झन बढ्दैजादा सजगता र सामाजिक दुरि कायम गरि ब्यक्तिगत सरसफाइमा ध्यान दिएर रोक्नु बाहेक कुनै ठोस ॵषधि फेला परेकोछैन । बिश्व भरका २४ लाख भन्दा बढि नागरिकहरू कोरोना संग लडाइ गर्न शारिरिक क्षमताले भ्याए सम्म जुध्दै छन । यसै गरि साउदि अरबमा पनि आजका मिति सम्म आइपुग्दा ६ जना नेपाली सहित१०४८४ संक्रमित भेटीए भने १०३ जनाले कोरोनासंगको लडाइमा पराजित भएकाछन । प्राप्त सरकारि जानकारी अनुसार ५ जना नेपाली स्वास्थ्य लाभ गरि काममा फर्किसकेका छन भने एक जना उपचाररत छन ।

अहिलेको चुनौति मानव अस्तित्व जोगाउन जुन जुन मुलुकले लकडाउन गर्न ढिलो गरेर ठुलै मानविय छति ब्यहोर्दै महामारी संग लडिरहेकाछन । बिश्वब्यापी लकडाउनको प्रभाव सबै मुलुकमा उतिकै छन। साउदि अरबमा पनि दिनप्रतिदिन संक्रमितको संख्या क्रमश बृद्धि हुदै छ, जसले गर्दा प्राय कम्पनिहरू बन्द हुने अबस्थमा छन ।फलत:कामदारहरू पनि बेरोजगार हुने क्रम जारी छ । पहिलो चरणमा अनधिकृतरूपमा रहेका नेपाली कामदारहरू आममाफिका दौरान बहिर्गमनका भिसा पर्खिरहेका थिए, लाइ खानपिन र आबासका समस्याहरू देखापर्न थालेको छ भने दोश्रो चरणको लक डाउन थपिए संगै समस्याहरू झन सतहमा आउन लागेको छ ।

अहिले प्राय सप्लाइ कम्पनिहरूमा कार्यरत कामदारहरू कामगर्ने सप्लायरहरूका क्याम्प हुँदेन, एउटा सानो अफिसबाट सिधै माग अनुसार एउटा कम्पनिबाट अर्कोमा घुमिरहने । त्यसैले कममदारहरू सप्लायर कम्पनिमा आउन चाहदैनन र म्पानपावरहरूले झुक्याएर कम्पनि भन्दै पठाउने गर्दछन ।गन्तब्यमा आएपछि मात्रै थाहाहुने गर्दछ । दैनिक जसो ५०० को हाराहारीमा संक्रमित भेटिए संगै दोश्रो चरणको लकडाउनमा कडाइ गर्न सरकारले निर्देशन जारि गरे संगै काम गर्न जान पाइने पास करिब करिब बन्द भैसकेको छ र सप्लाइमा रहेका कामदारहरू लाइ उनिहरूको अफिस अगाडी छोडेर फर्किन्छन ।जबकि साउदि सरकारले निजि कम्पनि र ब्यपारिक प्रतिष्ठानमा क्षमता अनुसार कामदार घटाउन र बिदामा पठाउन ॵपचारिक स्विकृति रूपमा दिइसकेको छ भने क्याम्पमा राखेर खाना खान ब्यबस्था चै गरिरहनु पर्नेछ ।

अहिले प्राय कन्सट्रक्सन कम्पनिहरू, होटल, रेष्टुरेन्ट कफि सप, मल आदि बन्द रहेकाछन भने त्यहाँ कार्यरत कामदारहरू क्याम्पमै छन ।कतिययलाइ बेतलबि बिदा दिइएकोछ भने कतिपय कामदारहरू तलब आउने नआउने दूबिधामै छन ।अप्रिल महिनाको तलब मे महिनामा आउने पर्खाइमा छन । कतिपय कामदारहरू लाइ खानाको मात्रै रकम दिइ एयरपोर्ट खुल्ने पर्खाइमा राखेकाछन कम्पनिहरूले ।

यस कारण ब्यपार ब्यबसाय धरासायि बन्दै गएकोले अधिकांस कमपनिहरू बिषम परिस्थितिमा तत्काल कामदारको भार थेग्न सक्ने अबसथामा छैन, त्यसैले एकै चोटि हजारौको संख्यामा नेपालीहरू पिडित बन्न् सक्ने अबस्थाको सृजना हुन सक्ने प्रबल सम्भावना देखिइने भएको छ ।अपठ्यारो त के पनि छ भने बिगतमा जस्तै किरानापसल ( बकाला ) हरूले उधारोमा महिना दिनका लागी खाधान्न दिने गरेका थिए र तलब पाएपछि चुक्ता गरि नयाँ खातामा सामान दिन्थे अहिले गधारोमा सामान दिन बन्द गरी नगदमा मात्रै सिमित भएको छ । र खाधान्न समस्या पनि मे महिना पछि आउने सम्भावना छ ।
समस्या दिनानुदिन यसरी बढदैछ, कि आ आफ्नो बास स्थान भन्दा नजिकको किराना पसलहरू बाहेक दायाँ दायाँ जान कानुनन दण्डनिय र यो नियम उलंघन गरेवापत १० रियालको दण्ड तिर्नु पर्ने हुन्छ। यो जरिमाना कतिपयले पाइसकेका पनि छन ।

यस दयनिय अबसथामा नेपाल सरकारसंग बिदेशमा रहेका नेपालीहरूले आफ्ना परिवारलाइ मात्रै गाँस बास दिएन संतानलाइ उच्च शिक्षा दिलाउन र राज्यलाइ चाहिइने दक्ष नागरिकहरू उत्पादनमा समेत महत्वपुर्ण योगदान दिनुका साथसाथै रेमिटान्सको माध्ययम बाट बैदेशिक मुद्रा आर्जन गरि ग्राहस्थ्य उत्पादनमा ठुलो हिस्सा योगदान गरेको छ । साथसाथै बैदेशिक रोजगार बोर्डमा पनि श्रम नबिकरण बापत अबौं रूपैयाको योगदान गरेको छन । अब सरकारलाइ प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश बाहिर रहेका निम्न आयका लाखौं नेपालीहरू बिदेशि भुमिमा भोक र त्रासमा छटपटिएर बस्ने कि सरकारले उचित प्रबन्ध गरिकन कुटनैतिक पहल गरि स्वदेशमा सम्मानजनकरूपमा स्वागत गर्ने ? खाडि र मलेशिया लगायतका नेपाली कमदारहरूले सरकारको आहवान कहिले हुने ? भनेर धैर्यतापुर्बक पर्खेर बसिरहेकाछन ।

निश्चित रूपमा मानविय यस संकटको घडिमा नेपाल सरकारलाइ एक साथ लाखौंका संख्यामा क्वाराइन्टाइन गरि ब्यसस्थापन गर्न गार्हो हुन सक्छ तर बिकल्प पनि छैन । निश्चित अबधिका लागी परिवार र मात्रभुमि छोड्न बिवस निम्न बर्गिय नेपालीहरू थप संक्रमण हुन सक्छ भन्ने आशंकामा घर फिर्नै नपाउने त हुदैंहुन्न । लक डाउनका अबधिमा पनि नेपालमा फसेका बिदेशि नागरिकहरूलाइ सम्बनधित मुलुकले बिमान चार्टर्ड गरि त्यहाँका सरकारहरूले नागरिकहकलाइ सम्मान गरेका उदाहरण हाम्रा सामु छन ।

यसरि बिदेशबाट नेपाल जाने नेपाली कामदारहरू लाइ नजिको पायक पर्ने सार्बजनिक स्थलहरू जस्तै बिधालय, सामुदायिक आदि भवनमा स्वास्थ्यकर्मिहरूको निगरानिमा निश्चित अबधि सम्म राख्न सकिन्छ । अहिले प्रबासि भुमिमा छटपटिएर अर्काको मुख ताक्नुभन्दा दुखजिलो गरेर भएपनि परिवारसंगै बस्न पाउनुपर्छ भनेर प्रबासि नेपालिहरू नेपाल सरकार संग याचना गरिरहेका छन, र नेपाल सरकारको दायित्व भित्र पर्ने कर्तब्य बोध गराउन बैदेशिक रोजगार ऎन २०६४ ले दिएको अधिकार अन्तर्गत परिच्छेद १२ को धारा ७५ को उपधारा २ अनुसार ‘ नेपाली कामदार कार्यरत मुलुकमा युद्ध, माहामारी, प्राकृतिक बिपति परि कामदारलाइ तत्काल फिर्ता गर्नु पर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारि मार्फत कामदार फिर्ता गर्ने ब्यबस्था मिलाउने छ। अहिले यो धारा इमान्दारी पुर्बक लागु गर्न सर्बोच्च अदालतले पनि नेपाल सरकार लाइ आदेश जारी गरिसकेको छ।


बाह्य संपर्क संयोजक
साउदि अरब
प्रबासि नेपाली समन्वय समिति

प्रतिक्रिया
सम्बन्धित समाचार