मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पिसिआर र र्यापिड टेस्ट गरि ३३ हजार नमुना परिक्षण, थप पोजेटिभ छैन : स्वास्थ्य मन्त्रालय

सोमबार, बैशाख ८ २०७७

काठमाडौँ । अहिलेसम्म पिसिआर र र्यापिड टेस्ट गरि अहिलेसम्म देशभर ३३ हजार ५६२ नमुना परिक्षण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पिसिआरबाट ८ हजार ४१४ तथा र्यापिड टेस्टबाट २५ हजार १४८ जनाको टेस्ट भएको जानकारी दिएका छन् । यसरी अहिलेसम्म दुवै तरिकाबाट कुल ३३ हजार ५६२ नमुना परिक्षण भएको छ ।

त्यस्तै प्रवक्ता डा.देवकोटाले अहिले देशभर क्वारेन्टाइनमा ५ हजार ९३६ जना रहेको र आइसोलेसनमा उपत्यकामा ४ जना र उपत्यका बाहिर १०७ जना गरी १११ जना रहेको प्रवक्ता देवकोटाले अपडेट दिएका छन् ।

थप पोजेटिभ नदेखिएको बताउदै प्रवक्ता देवकोटाले अहिले २७ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

अहिले कोशी अस्पतालमा १३ जना, वीरगन्जमा ४ जना, सेती प्रादेशिक अस्पतालमा ४ जना, पाटन अस्पताल र भरतपुर अस्पतालमा २-२ जना तथा बागलुङ र टेकु अस्पतालमा एक एक जनाको उपचार भइरहेको छ ।

कुल संक्रमित ३१ जना मध्ये चार जना ठिक भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार