शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कोरोनाबिरुद्द्को लडाइमा एनआरएनए युएइको ऎक्यबद्दता, नेपालमा पिपिइ वितरण

आइतबार, बैशाख ७ २०७७

काठमाडौं । बिश्व कोरोना भाइरस कोभिड १९ को महामारीमा ग्रसित अवस्थामा नेपाल पनि अछुतो छैन । यो लडाईमा साथ दिन एनआरएनए युएइले नेपाल भर विभिन्न हस्पिटलमा गरि १७५ पिपिइ बाड्ने निर्णय गरेको छ जस अन्तर्गत आईतबार भरतपुर हस्पिटल र सेती प्रादेशिक हस्पिटलमा २५/२५ पिपिइ सेट हस्तान्तरण गरिएको छ ।


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइका महासचिव निश्चल दाहालका अनुसार सेती प्रादेशिक हस्पिटलमा, लम्की चुहा निवासी समाजसेवी लक्ष्मी प्रसाद कोइराला र माया मेट्रो हस्पिटल धनगढिका अध्यक्ष धिरेन्द्र सावादको सहयोगमा २५ पिपिइ सेट हस्तान्तरण गरिएको छ ।
त्यसैगरी आईतबार नै भरतपुर हस्पिटलमा स्थापित कोरोना बिशेष हस्पिटलका लागि भरतपुर हस्पिटलका अध्यक्ष डा. भोजराज अधिकारिलाई समाजसेवी भरतपुर ७ बुद्ध चौक निवासी सुर्य ढकालमार्फत २५ पिपिइ सेट हस्तान्तरण गरेको महासचिव दाहालले जनसवाललाइ बताए।

बुटवल, इनरुवा, झापा लगायतका अन्य हस्पिटलहरुमा पनि पिपिइ वितरणको तयारी रहेको जनाउदै दाहालले, काठमाडौबाट पिपिइ ल्याउन अलिक असहज भएको भएता पनि यस्मा सहजिकरण गर्ने लक्ष्मी प्र कोइराला , डा रजत श्रेष्ठ , अशोक कोइरालाप्रती आभार प्रकट गरे ।


गैर आवासीय नेपाली संघ युएइ च्याप्टरले युएइमा नै रहेका सयौ नेपालिलाइ निरन्तर ग्राउन्ड जिरोमा रहि राहत वितरण गरिरहेको संघका अध्यक्ष प्रकाश कोइरालाले बताए । यस्का साथै संघ, नेपाल र नेपालिका लागि यो जटिलतामा सक्ने हर सहयोग गर्न तत्पर रहेको र आफ्नो समितिको निरन्तर मेहनत प्रती गौरवान्वित भएको उनले बताए । अहिले एनआरएनए युएईले प्रत्येक दिन समस्यामा परेका नेपालीलाई राहत वितरण गर्दै आईरहेको छ यस्का लागी मध्यपुर्व डिआरसि मनोज गोर्खाली,उपाध्यक्ष पासाङ्ग शेर्पा ,युवा संयोजक मदन अधिकारी लगाएतको समूह दिन रात नभनी आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी फिल्डमै खटिई रहेका छन् |

प्रतिक्रिया
सम्बन्धित समाचार