मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

थप एकमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो, अहिलेसम्म २७ हजारको परीक्षण

आइतबार, बैशाख ७ २०७७

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । दुई संक्रमित महिला निको भएर घर फर्केकै दिन शनिबार थप एकमा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटमा एक ६५ वर्षीय पुरुषमा नयाँ संक्रमण पुष्टि भएको उल्लेख छ । शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ भेटिएको थियो । शनिबार संक्रमण पुष्टि भएका ती पुरुष् पनि सोही मस्जिदकै भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा अहिलेसम्म २७ हजार ४७१ जनाको कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा सो जानकारी दिएका छन् । अहिलेसम्म स्वÞाब टेस्ट अर्थात पिसीआरबाट ८ हजार १७ जनाको परिक्षण भएको छ भने र्या्पिड डाइग्नोष्टिक टेस्टबाट १९ हजार ४५४ गरि अहिलेसम्म कुल २७ हजार ४७१ जनाको नमुना परिक्षण सम्पन भएको छ ।
प्रवक्ता देवकोटाले सबै जिल्लामा र्या्पिड टेस्ट शुरु भएको जानकारी दिएका छन् ।
अहिलेसम्म देशभर ४ हजार ५३६ जना क्वारेन्टाइनमा छन् भने ११७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । त्यस्तै पाटन अस्पतालमा पनि पिसिआर जडान भएको र देशभर १४ ठाउमा पिसीआर विधिबाट परिक्षण भइरहेको उनले जानकारी दिए ।
शुक्रबार १४ जना पोजेटिभ देखिएको थियो । जसमा चितवनमा २ जना र उदयपुरमा १२ जना संक्रमित भेटिएका थिए । यस अघि १६ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएका थिए । संक्रमित मध्ये दुई जना ठिक भएर घर फर्किएका छन् भने २८ जना अहिले विभिन्न अस्पतालमा उपचार रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । अहिले कोशी अस्पताल, विराटनगरमा १२ जना, सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, भरतपुर अस्पताल, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २(२ जना र शुक्रराज अस्पताल टेकुमा एक जना उपचारत रहेका छन् । त्यस्तै २ जना ठिक भएर डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमित युवती र वृद्धा घर फर्किए
काठमाडौँ(जस)–कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती र एक वृद्धा उपचारपश्चात् घर फर्किएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए । उनका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् । उनले ४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको( डिस्चार्ज) बताए ।
उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर शनिबार घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो । यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो । यस्तै बाग्लुङकी ६५ वर्षीया वृद्धा १७ दिन दिनको उपचारपछि घर फर्किएकी हुन् । किशोरी १० चैत्रमा र वृद्धा २० चैत्रमा अस्पताल भर्ना भएका थिए । पहिलो संक्रमित चीनबाट फर्केका विद्यार्थी दुई महिना अघि नै स्वस्थ भइसकेका छन् । अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो ।
प्रधानमन्त्रीद्वारा उपचारमा संलग्न चिकित्सकलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । शनिबार ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती शनिबार घर फर्किएकी हुन् । उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार