तिलु शर्मा पौडेल
दोहा, कतार / कोरोना भाइरसका कारण विगत एक महिना देखि लक डाउनमा रहेको कतारको सनैया (औद्योगिक क्षेत्र १ देखि ३२) सम्म को अवस्थाका बारेमा पहिलो पटक विभिन्न समुदाय मिडिया र प्रतिनिधिहरूले अवलोकन गरेका छन् l कतार सरकारका गृह मन्त्रालयका अधिकारीहरू, सुरक्षा अधिकारीहरू र नेपाली प्रतिनिधिहरूले उक्त क्षेत्रको अवलोकन गरेका हुन् l

अवलोकन भ्रमणका लागि नेपाली समुदायका तर्फबाट गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका महासचिव पदम गिरी उपाध्यक्ष कुमार खड्का तथा राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक प्रो. रमजान अलि मिया को सहभागिता रहेको थियो l

भ्रमणका क्रममा लकडाउनमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्था, खानपिन , तलबलगायतका प्रत्यक्ष सरोकार राख्ने बिषयमा सोधपुछ गरिएको थियो l उक्त क्षेत्रमा रहेका नेपालीहरुले आफुहरु खुसि र सुरक्षित रहेको, कतार च्यारिटीमार्फत कतार सरकारले खाना उपलब्ध गराएको र कम्पनीले न्युनतम तलब प्रदान गरेको बताए l उक्त क्षेत्रमा खरिद गरि खान चाहानेलाई खाद्यान्न स्टोर, रेमिट्यान्स, सपिङ सेन्टर, हेल्थ सेन्टरलगायतको राम्रो ब्यबस्था रहेको जानकारी गैर आवासीय नेपाली संघ कतारका महासचिब गिरीले जानकारी दिए l सो क्षेत्रमा रहने सबै नागरीक सुरक्षित र खुसि रहेको, बाहिर प्रचार गरिए जस्तो दु:खी र पीडित नरहेको पनि महासचिव गिरीले जनसवाल सङ्ग बताए l

भ्रमणका क्रममा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरुले लकडाउनमा रहेका सबै आफनो परिवार रहेको भन्दै उनीहरुको हरेक आवस्यकता कतार सरकारले पुरा गरिरहेको र आगामी दिनमा पनि गर्ने हुदा संयमित रहन र सकारात्मक संदेश प्रवाह गर्न आग्रह गरेको राष्ट्रिय मानवअधिकार समिति कतारका नेपाली संयोजक प्रो. रम्जान अलि मियाले जानकारी दिए l

दैनिक जसो सेनिटाइज गरि उक्त क्षेत्रलाई थप सुरक्षित रहेको सुनिस्चित गर्न कतार सरकारले बिस्तारै उक्त क्षेत्रलाइ खोल्ने तयारीमा रहेको समेत बताइएको छ l करिब १२ किलोमिटर क्षेत्रमा रहेको उक्त औद्योगिक क्षेत्रबाट १३ हजार टनभन्दा बढि फोहर निकालिएको जानकारी कतारी सुरक्षा अधिकारीहरुले दिएका थिए l

भ्रमणका कर्ममा लक डाउनमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्था, खान पिन , तलब लगायतका प्रत्यक्ष सरोकार राख्ने विषयमा सोधपुछ गरिएको थियो l उक्त क्षेत्रमा रहेका नेपालीहरूले आफूहरू खुसी र सुरक्षित रहेको, खाना को अभाव हुनेहरूलाई कतार च्यारिटी मार्फत कतार सरकारले खाना उपलब्ध गराएको र कम्पनीले न्यूनतम तलब प्रदान गरेको बताए l उक्त क्षेत्रमा खरिद गरी खान चाहनेलाई खाद्यान्न स्टोर, रेमिटेन्स, सपिङ सेन्टर, हेल्थ सेन्टर लगायतको राम्रो व्यवस्था रहेको जानकारी NRNA QATAR का महासचिव गिरीले जानकारी दिए l

सो क्षेत्रमा रहने सबै नागरिक सुरक्षित र खुसी रहेको, बाहिर हल्ला फिजाईए जस्तो पीडित नरहेको बताए l भ्रमणका कर्ममा सरकारी कर्मचारी र सुरक्षा अधिकारीहरूले लक डाउनमा रहेका सबै आफ्नो परिवार रहेको र उनीहरूको हरेक आवश्यकता कतार सरकारले पुरा गरिरहेको र आगामी दिनमा पनि गर्ने हुँदा संयमित रहन र सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेको जानकारी मियाले दिएका छन् l

दैनिक जसो सेनिटाइज गरी उक्त क्षेत्रलाई थप सुरक्षित रहेको सुनिश्चित गरी सरकारले बिस्तारै उक्त क्षेत्र लाइ खोल्ने तयारीमा रहेको समेत बताइएको छ l करिब १२ किलोमिटर क्षेत्रमा रहेको उक्त एरियामा करिब १३००० टन भन्दा बढी फोहोर निकालिएको जानकारी सुरक्षा अधिकारीहरूले दिएका छन् l कोरोनाका कारण कामदारले खान,बस्न र तलब नपाए र उजुरी गर्नुपरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले २४ सै घण्टा खुला रहने हटलाइन स्थापना गरेको समेत जानकारी गराइएको थियो l









