काठमाडौं । कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वत: थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।