मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघ्यो

शुक्रबार, बैशाख ५ २०७७

काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट हालसम्म विश्वका विभिन्न देशमा गरी १ लाख ४२ हजार ६५१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि २१ लाख २८ हजार ६५० व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ५ लाख ३९ हजार जना उपचारपछि घर फर्किएका छन्

हाल कोरोनाभाइरसका कारण इटालीमा २२ हजार १७० जनाको मृत्यु भइसकेको भने करिब १ लाख ६९ हजार सङक्रमित छन् । स्पेनमा १९ हजार १३० जनाको मृत्यु भएको छ भने १ लाख ८२ हजार भन्दा बढी सङक्रमित रहेका छन् ।

कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ३३ हजार ४३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५३ हजार भन्दा बढी सङक्रमित छन् ।

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण ३ हजार ८६७ जना, फ्रान्समा १७ हजार १६७ जना, बेलायतमा १३ हजार ७२९ जना नेदरल्यान्ड्समा ३ हजार ३१५ जनाको मृत्यु भइसकेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार