कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आज प्रकाशित गरेको सूचना अनुसार कतारमा कोरोना भाइरस (Covid-19) सम्बन्धी विवरण निम्नबमोजिम रहेको छ :
१. स्वास्थ्य परिक्षण गरिएको संख्या: ५४,४८४(पछिल्लो २४ घण्टाभित्र १८६२ जना)
२. पहिचान भएका संक्रमितको संख्याः३,७११ (पछिल्लो २४ घण्टाभित्र २८३ जना)
३. स्वास्थ्योपचार गराईरहेको संख्या: ३,२९८ जना।
४. पूर्ण रुपमा स्वास्थलाभ गर्नुहुनेहरुको संख्या: ४०६ (पछिल्लो २४ घण्टाभित्र ३३ जना)
५. COVID-19 बाट हालसम्म मृत्यु हुनेको संख्या: ७ जना
कतारमा Covid-19 बाट संक्रमित हुनेहरूको संख्या र अवस्थाका बारेमा ईमेल, फेशबुक पेज लगायत अन्य माध्यमबाटसमेत बारम्बार जानकारी माग भईरहेको सन्दर्भमा निमिनबमोजिम व्यहोरा जानकारीका लागि अनुरोध छ:
कतार सरकारले संक्रमणकाे राेकथाम, पहिचान र उपचारमा कतारी र आप्रवासी बिचमा बिना कुनै भेदभाव व्यवहार गरिने र संक्रमितकाे निशुल्क उपचार गरिने जनाएकाे र साेही अनुरूप भईरहेकाे सबैमा विदितै छ। कतार सरकारले Covid-19 को संक्रमणबाट उपचारार्थ संक्रमितहरूको देशगत वा समुदायगत जानकारी उपलब्ध नगराउने नीति लिएकाे समेत यहाॅंहरूकाे जानकारीकाे लागि अनुराेध छ।
संक्रमित व्यक्तिले चाहेमा परिवार, आफन्त वा राजदूतावाससॅंग सम्पर्क गरी जानकारी दिन सक्नुहुनेछ । यसै क्रममा उक्त भाइरसबाट संक्रमित केही नेपालीहरू राजदूतावासको सम्पर्कमा हुनुहुन्छ । वहाॅंहरूको स्वास्थ्यमा जटिलता नरहेकाे र सुधाराेन्मुख रहेकाे छ ।वहाॅंहरूकै आग्रहबमोजिम यससम्बन्धी जानकारी सार्वजनिक गर्न नसकिने व्यहोरा समेत सबैमा अनुरोध छ ।
पुनश्च: समय समयमा जारी भएका आधिकारिक सूचना तथा जानकारी अनुरूप सचेतता अपनाई सुरक्षित रहनुहुन सबैमा हार्दिक अनुराेध छ।
नेपाली राजदूतावास
दोहा, कतार