काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ बाट ज्यान गुमाउनेको संख्या विश्वभरमा १ लाख ३४ हजार ६ सय १५ जना पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाका कारण विश्वभर संक्रमित हुनेको संख्या २० लाख ८३ हजार ३ सय ४ रहेको छ । विश्वभरबाट यस घातक संक्रमक भाइरसको संक्रमणपछि उपचार गरेर घर फर्कनेको संख्या ५ लाख १० हजार रहेको छ ।
५१ हजार १ सय ४२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५२९ जनाको मृत्यु भएको छ । इटालीमा २१ हजार ६४५, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।
कोरानाले पछिल्लो २४ घण्टामा ८ हजारको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ४८२ को ज्यान गयो । कोरोना भाइरस कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा करिब ८ हजारको ज्यान गएको छ । २४ घण्टामा कोरोनाले ७ हजार ९५९ जनाको ज्यान लिएको छ ।
यसमध्ये सबैभन्दा धेरै अमेरिकामा २ हजार ४८२ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा मात्रै कोरोनाले २८ हजार ५२९ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ४३८, स्पेनमा ५५७, इटालीमा ५७८, बेलायतमा ७६१ तथा जर्मनीमा ३०९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ८४ हजार ४६९ कोरोना संक्रमितत थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा ३० हजार २०६ भेटिएका छन् । स्पेनमा ६ हजार ५९९, फ्रान्समा ४ हजार ५६०, बेलायतमा ४ हजार ६०३, इटालीमा २६६७ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको यस भाइरसको कारण विश्व संन्त्रासमा छ । हालसम्म उपचार गर्ने भ्याक्सिन र औषधीहरु पत्ता नलागेको कारण पनि मानिसहरु यस भाइरसको नाम सुन्नेबित्तिकै डराउँछन् ।
नेपालमा हालसम्म १६ जनामा यो संक्रमण देखिएको छ । तिमध्ये १ जना निको भएर घर फर्केका छन् भने बाँकी १५ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ ।