काठमाडौं(जस)–नेपालमा अहिलेसम्म १५ हजार ८०० जनाको कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा सो जानकारी दिएका छन् । अहिलेसम्म स्वÞाब टेस्टबाट ६ हजार ८७१ जनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नोष्टिक टेस्टबाट ८ हजार ९२९ गरि अहिलेसम्म कुल १५ हजार ८०० जनाको नमुना परिक्षण सम्पन भएको छ । प्रवक्ता देवकोटाले अब १४ जिल्लामा र्या्पिड टेस्ट शुरु गर्न बाँकी रहेको र यी जिल्लामा पनि छिट्टै शुरु गर्ने जानकारी दिएका छन् ।
अहिलेसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा छन् भने ११७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । सनसिटी अपार्टमेन्टका अहिलेसम्म २९८ जनाको र्या्पिड टेस्ट सम्पन्न भएको र सबैको टेस्ट निगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । साथै यस अघि सनसिटीमा संक्रमित भएका दुई जनाको परिवारको तेस्रो सदस्यको टेस्ट निगेटिभ आएको उनले जानकारी दिए ।
अहिलेसम्म नेपालमा १६ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ । संक्रमित मध्ये एक जना ठिक भएर घर फर्किएका छन् भने १५ जना अहिले विभिन्न अस्पतालमा उपचार रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, शुक्रराज अस्पताल टेकु, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २–२ जना उपचारत रहेका छन् । साथै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
कोरोना संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक नगर्नु ‘;lkiiop
सरकारले कोरोना भाइरस (कोभिड(१९) संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो नगर्न अनुरोध गरेका हुन् ।
उनले भने,‘सञ्चार मध्ययममा कोभिड–१९ का विरामीको व्यक्तिगत विवरण (नाम) प्रकाशित हुन आएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । विरामीको यस्तो विवरण निजको अनुमति बिना प्रकाश र प्रशारण गर्न नपाइने भएकाले यसो नगर्नुहुन मन्त्रालय अनुरोध गर्दछ ।’ प्रवक्ता देवकोटाले जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफैं सार्वजनिक गर्नेसमेत प्रष्ट पारेका छन् । उनले जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफ्नो लाइभ र अन्य माध्यमबाट प्रशारण गर्ने बताए ।
सनसिटी अपार्टमेन्ट आरडीटीमा पोजेटिभ भएका व्यक्तिको पीसीआरमा रिपोर्ट
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । गत चैत पाँच गते बेलायतबाट आएका आमा, छोरा र बुहारीमा तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । जसमध्ये, प्रयोगशालामा गरिएको परीक्षणबाट आमा र छोरालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने बुहारीमा भाइरसको संक्रमण नदेखिएको हो । ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए । आज सनसिटी अपार्टमेन्टका ब्लक ए का २९८ जनाको ¥यापीड परीषण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
गोरखा युवकमा कोरोना संक्रमण नभएको पुष्टि
र्यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा बुधबार गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो । ‘आरुघाट गाउँपालिकाभित्र मङ्गलबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजेटिभ देखिएका भनिएका युवकको पिसिआर टेष्टको नजिता बुधबार आएको हो, गोरखा अस्पतालका कोभिड–१९ का फोकल पर्सन नारायण अर्यालले भने, ‘पिसिआर टेष्टमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।’ र्यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आए पनि नेगेटिभ आए पनि पिसिआर टेष्ट नगरी के हो भन्न नसकिने भएकाले तत्काल युवकको स्वाब परीक्षणका लागि हिजै पोखरा पठाइएको थियो । गएको फागुन २२ गते बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।