मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वभर कारोनाभाइरस संक्रमितको संख्या २० लाख नाघ्यो, मृतकको संख्या एक लाख २६ हजार ७५३ पुगे

बुधबार, बैशाख ३ २०७७

काठमाडौं, ३ बैशाख । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २० लाख नाघेको छ। जसमध्ये करीब चार लाख ८५ हजार निको भएका छन्। मृतकको संख्या एक लाख २६ हजार ७५३ पुगेको छ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित र मृतक छन्। अहिलेसम्म अमेरिकामा ६ लाख १४ हजार २४६ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ।

२० हजारभन्दा बढी मृत्यु हुने दोस्रो देश इटाली हो। त्यहाँ २१ हजार ६७ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक लाख ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।

एक लाखभन्दा बढी संक्रमित हुने पाँच देश अमेरिका, इटाली, स्पेन, जर्मनी र फ्रान्स हुन्। एक लाख ३२ हजारभन्दा बढी संक्रमित फेला परेको जर्मनीमा करीब तीन हजार ५०० ले ज्यान गुमाएका छन्।

यता बेलायतमा भने मृत्युदर बढी छ। त्यहाँ करीब ९४ हजार संक्रमित भेटिएकोमा १२ हजार १०० भन्दा बढीको मृत्यु भइसकेको छ। १० हजारभन्दा बढीले ज्यान गुमाएका पाँच देशमा अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायत हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार