शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाल र भारत बिच कोभिड-१९ भाइरसको खतरापूर्ण सम्बन्ध

मंगलबार, बैशाख २ २०७७

निश्चल दाहाल

नेपाल, विश्व स्वास्थ संगठन WHO ले कोरोना संक्रमण बढ्न सक्ने खतराको सुचिमा राखेको देश हो। हाम्रो, सुरुवाती अवस्था देखि नै भएको कमजोरी र बेवास्ताले हाल सम्म हामिलाइ जकड्न सकेको छैन तर खतरा दिन दुई गुना रात चौगुना बढ्दो भने छ।

नेपाली भुमिमा आज देखि संक्रमितको संख्या १४ पुग्यो जस्मा भारतिय नाका बिरगंजमा तीन भारतिय उत्तर प्रदेशका नागरिक फेला परे जो संक्रमित थिए। दु:खद र भयानक त यो छ कि ती भारतियहरु त्यहि मुश्लिम समुदायको भिडमा थिए जस्ले दुई महिना अघि सप्तरिको धार्मिक भेलामा सहभागिता जनाएका थिए साथै तराइका विभिन्न भागहरुमा उनिहरुले भ्रमण पनि गरि सकेका छन। अब प्रश्न उठ्छ त्यो दौरान उनिहरु संक्रमित थिए या पछि! ती १४ केश भित्र भएको ६ नेपालि पनि भारत बाट नै फर्किएका पनि हुन।

हाल भारतमा परिक्षणलाई तिव्रता दिइएको छ जस्कारण संक्रमितको संख्या बढ्दो छ साथै मृत्युको पनि, हाल सम्म 9240 संक्रमित भइ सकेका छन। तीन तर्फबाट भारतले घेरेको भुपरिवेष्टित देश हाम्रो नेपालमा भारतिय कोरोना प्रभाव हुन असामान्य हैन यदि बेलैमा बिचार नपुर्याए। हामी भारत सग खुल्ला र भुमी सग जोडिएका छौ, रोटि बेटिको सम्बन्ध छ, आवातजावतमा सहजता छ तसर्थ यताको उता र उताको उतामा कुनै असहजता नहोला भाइरसको सन्दर्भमा पनि। हामी जब हाल सम्म भयाभह अवस्थामा आइपुगेका छैनौ, बेलैमा बिचार पुर्याउन जरुरी छ।

हुनत ३ साता देखि बन्द रहेको सिमाले आवतजावतमा केही अंकुश लगायो होला तर फलदायक नतिजा दिन भने सकेको छैन। भारतिय मिडियाहरुले नेपालले भारत बिरुद्ध कोरोना संक्रमित मानव हतियार तयार गरि प्रयोग गर्ने ठूलो षड्यन्त्र भनी प्रचारवाजी पनि गरेको अवस्थामा भारतिय नागरिक नेपाली भुमिमा कोरोना प्रभावित भेटिएका छन। अब यस्लाइ कुन अर्थमा बुझ्ने? राष्ट्र अहिले गम्भीर चुनौतीको सामना गर्दै छ, यहाँ धार्मिक सहिष्णुतामा आघात आउने अवस्था सृजना हुँदै छ, यो समयमा संवेदनशिल भएर भारत सगको कडाइलाइ थप नगरे हामीलाइ ठूलो नोक्सानी हुन सक्ने देखिएको छ।

अन्त्यमा भारत नेपाल बिच, धार्मिक, सांस्कृतिक , आर्थिक आदि सम्बन्धका साथै कोरोनाको संबंधपनि प्रगाढ हुने अवस्था सृजना हुँदै छ जस्लाइ बेलैमा कमजोर बनाउन सरकार, जनता लागि पर्न जरुरी छ। –दाहाल एनआरएनए यूएईका महासचिव हुन्

प्रतिक्रिया
सम्बन्धित समाचार