शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

काठमाडौँ उपत्यकामा ५१८ शय्याको क्वारेन्टाइन तयार

मंगलबार, बैशाख २ २०७७

काठमाडौँ(जस)–सरकारले काठमाडौंँ उपत्यकामा ५१८ शय्या क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना सङ्क्रमण भएका शङ्कास्पद व्यक्तिलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टाइनस्थलको अनुगमनपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकामा क्वारेन्टाइन व्यवस्थापनलाई चुस्त बनाउन अनुगमनलाई तीव्रता दिइएको बताए ।
सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा रहेका होटल, रिसोर्ट र होमस्टेसमेतलाई क्वारेन्टाइन बनाउन सकिने उनको भनाइ छ । “यसो गर्न सकिए दशाँैं हजार बेड आवश्यक परे पनि तत्काल निर्माण गर्न सकिन्छ”, उनले भने । राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकामा रहेका ठूला होटलहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको बताए । उनका अनुसार पाँच स्थानमा तयारी अवस्थामा रहेका क्वारेन्टाइनको व्यवस्थापनका लागि आवश्यक सहजीकरण भइरहेको छ ।
हाल पशुपतिको धर्मशालामा ७० शय्या क्षमताको क्वारेन्टिन तयारी अवस्थामा छ । यस्तै ललितपुरको स्टाफ कलेजमा सय शय्या क्षमता छ । स्टाफ कलेजमा केही सुधार गर्नुपर्ने देखिएको छ । यस्तै भक्तपुरको कृषि तालीम केन्द्रमा ७० शय्या तयारी अवस्थामा छ । खरीपाटीमा २०८ र नगरकोट नजीक तेलकोटस्थित खानेपानी तालीम केन्द्रमा ७० शय्या क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको पनि राज्यमन्त्री मानन्धरले जानकारी दिए । अनुगमन गर्दा खरीपाटी र तेलकोटको क्वारेन्टाइनमा सबै पूर्वाधार तयारी अवस्थामा रहेको जिकिर गर्दै उनले अन्य स्थानमा पनि सामान्य सुधार गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार