काठमाडौं, १ बैसाख । ललितपुरको पाटन अस्पतालमा भर्ना भएका तीन जनाको र्यापिड टेष्ट रिपोर्ट पोजिटिभ (कोरोना संक्रमित) भएको देखिएको छ ।
कोरोना आशंकामा सोमबार पाटन अस्पताल भर्ना भएका तीन जनामा र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले जानकारी दिएका छन् ।
उनले आजै उनीहरुको रिपोर्ट पोजेटिभ (संक्रमित) भएको आएको बताए । र्यापिड टेष्टमा पोजिटिभ देखिएपछि रिटेष्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिएका छन् ।
पेप्सीकोलास्थित एक अपार्टमेन्टमा बस्दै आएका उनीहरु चैत ५ गते बेलायतबाट फर्किएका पाइएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् । सो अपार्टमेन्टमा अहिले प्रहरी खटिएको काँडाघारी प्रभागले जानकारी दिएको छ ।