शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कचनकवल कोरोनासँग लड्दै, सक्रियता बढ्दो

सोमबार, बैशाख १ २०७७

निश्चल दाहाल

कचनकवल, झापा/ बिश्वमा महामारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको त्रास नेपालको दक्षिण भेग कचनकवलमा पनि उच्च छ । भारतिय सिमावर्ती यो क्षेत्रलाई सुरक्षित गर्न, सरकारी नीति अनुसारको लकडाउनलाइ सफल बनाइ कोरोना सग लड्न स्थानिय प्रशासन , वडा कार्यलयहरु सक्रिय रुपमा लाग्न थालेका छन ।

क्चनकवल गाउँ पालिका अन्तर्गत रहेका वडा नं २ मा वडाध्यक्ष मेघ बाहादुर भट्टराई , वडा नं ३ मा बिजय राजवंशी र वडा नं ६ मा वडाध्यक्ष कुल बा कार्किको संयोजनमा स्थानिय युवा, व्यापारी तथा समाजसेवीहरुको संलग्नतामा वडा सिमा सुरक्षा समितिहरु गठन भएका छन।

समितिले स्थानिय बजारमा आउने संभाव्य भारतिय सर सामान रोक्ने, सिमा वारि पारी हुने गैरकानुनी कार्य रोक्ने, लकडाउनको पालना गरि बजार ब्यवस्थापन साथै शान्ती स्थापना गर्न प्रशासनलाई सहयोग गर्ने वडा नं ६ का अध्यक्ष कुला बा कार्किले जनसवाललाइ बताउनु भयो।

इलाका प्रहरी कार्यलय बनियानिका इन्चार्ज सइ डम्बर बाहादुर बस्नेतले स्थानिय स्तरबाट हुँदै गरेको यो सहयोगको खुलेर प्रशंसा गरे। उनले आफ्नो स्थानबाट सक्ने हर सहयोग गरेर यो कोरोना बिरुद्धको लडाइमा अग्र पंक्तिमा रहि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन।

स्थानिय बासिहरु पनि प्रशासन र समितिको सक्रियता प्रती खुशी व्यक्त गर्दै अब सुरक्षित हुन थालेको आभाष गर्दै छन।

प्रतिक्रिया
सम्बन्धित समाचार