मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति ? (अपडेट)

सोमबार, बैशाख १ २०७७

काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ भने संक्रमितको संख्या १८ लाख ५३ हजार १ सय ५५ पुगेको छ ।

विश्वभरमा कोरोनाबाट संक्रमित भएका ४ लाख २३ हजार ५ सय ५४ जना निको भई घर फर्किएका छन् । हालसम्मको सबै देशका तथ्यांक हेर्दा अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमित भएका छन् । अमेरिकामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार १ सय १५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ५ लाख ६० हजार ४ सय ३३ पुगेको छ ।

त्यस्तै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार २ सय ९ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ६६ हजार ८ सय ३१ पुगेको छ । त्यस्तै इटालीमा कोरोनाको संक्रमणबाट १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ भने कोरोनाबाट संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार