शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

खाडी मुलुकका राजदूतहरुले १ महिनाको तलब कोरोना कोषमा दिने, युरोपियन मुलुकका राजदूतहरुले पनि दिदैं

शनिबार, चैत्र २९ २०७६

काठमाडौं २९ चैत / खाडी मुलुकका राजदूतहरुले १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाईरस सहयोग कोषमा योगदान गर्ने भएका छन् । युएईका महामहिम राजदुत कृष्ण प्रसाद ढकाल, ओमानका शर्मिला पराजुली ढकाल, कतारका नारदनाथ भारद्वाज, साउदी अरबका महेन्द्र प्रसाद सिंह, बहराईनका पदम सुन्दास र कुवेतका दुर्गाप्रसाद भण्डारी सहित खाडीका बिभिन्न मुलुकहरुका राजदुतहरुले १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाईरस सहयोग कोषमा योगदान गर्ने निर्णय गरेका हुन् । यसैगरी युरोपियन मुलुकका राजदुतहरुले पनि उक्त कोषमा एक महिनाको तलब दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार