बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए कोरियाद्वारा नेपाली राजदुताबासलाई स्वास्थ्य सामग्री विवरण हस्तान्तरण

शुक्रबार, चैत्र २८ २०७६

काठमाडाैं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाद्वारा बिहिबार नेपाली राजदुतावास सौल मा एक कार्यक्रम बिच NRNA कोरियाको संयोजकत्वमा कोरियामा रहेका बिभिन्न संघ संस्था , नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगमा एक व्यक्ति एक किट्स अभियान अन्तर्गत संकलित सहयोग रकमबाट दक्षिण कोरियामा रहेका नेपालीहरुको तर्फवाट नेपाल सरकारलाई कोरोना बिरुद्दको युद्ध मा सहयोग पुर्याउने सामाग्री औपचारिक रुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत महामहिम रामसिंह थापा लाई हस्तान्तरण गरिएको छ।

पहिलो चरणमा दक्षिण कोरियाबाट जाने 4000 कोरोना परिक्षण किट्स;4000 RNA परिक्षण किट्स; 500 HIGH SENSITIVE COVID KITS HPPE SETS भोलि विहान 11.25 कोरियाबाट कोरियन एअरलाईनसको बिशेष चाटरण बिमान मार्फत नेपाल समय अनुसार दिवा 3.30 बजे काठमाडौं पुग्ने गरी आज कोरियन एअर लाई हस्तान्तरण गरिएको छ।

साथे दोस्रो र अन्तिम चरणको सहयोग चिनबाट नेपाल जाने सामाग्री नेपाल सरकारबाट हुने चाटरण विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाईने जानकारी गरिन्छ।

NRNA कोरिया लेखा समितिवाट लेखा परीक्षण पश्चात पत्रकार सम्मेलन मार्फत आर्थिक प्रतिबेदन सार्वजनिक गर्न प्रतिबद्धता वयक्त गर्दै यस राष्ट्रिय अभियानमा सहयोग पुर्याउने सम्पूर्ण सवै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु; कोरिया स्थित बिभिन्न संघ संस्थामा हार्दिक धन्यवाद ब्यक्त गर्दछ।

समयमै कोरोना भाइरस चेकजाँच र रोकथामका सामाग्री नेपाल पठाउन ढिला भएको प्रति एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले स्पष्ट पारेका छन । समयमै नेपाल हेल्थ किट लगाएतका सामाग्रीहरु पठाउन हरदम प्रयास गरेपनि नेपालको बिमानस्थल बन्द भएकाले प्राविधिक तयारी गर्दा गदै ढिला भएको सुवेदीले बताएका हुन ।

सुवेदीका अनुसार पहिलो चरणमा कोरिया बाट ४ हजार कोरोना परिक्षण किट र ५०० सय HIGH SENSITIVE COVID KITS HPPE SETS शुक्रबार बिहान ११ बजेर २५ मिनेटको जहाज मार्फत नेपाल पठाइने छ । उक्त जहाज नेपाली समय अनुसार दिउसो तीन बजेर ३० मिनेटमा पुग्ने छ ।

नेपाल पठाउने स्वास्थ सामग्री बारे नेपाली दुतावासलाइ जानकारी गराउदै एनआरएन कार्य समिति का पदाधिकारीहरु ,निवर्तमान अध्यक्ष लक्ष्मि गुरुङ लगाएत
अब अन्तिम चरणमा पुगेको छ सकभर हामी एकदुइ दिनमै नेपाल समान पु¥याउने छौ सुवेदीको भनाइ छ । ढिला हुन गएका प्रति फेसबुक लाइफ मार्फत उनले सबै सग क्षमायाचना समेत गरेका छन ।

यस अभियानका संयोजक तथा एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष यदु लामीछानेका अनुसार अर्को कुनै अबरोध नभए १० तारिखमा सामाग्रीहरु नेपाल पुग्ने छन । सबै तयारी भैसकेको छ अब जहाज उडन मात्रै बाकी हो लामीछानेले बताए ।

नेपाल पठाउने स्वास्थ सामाग्री
तीन घण्टामै कोरोना भाइरस लागेको वा नलागेको रिजल्ट दिन सक्ने उक्त चार हजार किट नेपाल पुगे पछि कोरोना भाइरस परिक्षणमा भैरहेको ढिलासुस्तीमा केही राहत हुने आशा गरिएको छ ।

कम रेटमा वा ४० हजार डलरमा ४ हजार हेल्थ किट पचास प्रतिशत कममा खरिद गरेको पनि उनले बताए । बचेको खर्चबाट ५ सय पिपिइ सेट पनि राखिएको उनको भनाइ छ । अरु सामान चीनमा खरिद गरिएको हो । चिनमा खरिद गरिएको सामान पिपिइ सेट २ हजार , यान नाइन्टि फाइप मास्क १० हजार पिस ,सर्जिकल मास्क २० हजार पिस, पन्जा १० हजार पिस र थर्ममिटर ५ सय पिस खरिद गरिएको हो । उक्त सामान पनि चिनमा भण्डारण गरि राखेको र उपयुक्त नेपाल जाने हवाई सेवाको पर्खाइमा रहेको बताएका छन् ।

गत मार्चको अन्तिममा एनआरएनए कोरियाको संयोजकत्व र स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा एक व्यक्ति एक कीट अभियान सञ्चालन गरि सबै बाट आर्थिक संकलन गरिएको थियो । २ हजार कीट खरिदका लागि ४० लाख रुपैयाँ उठाउने भनिएको भए पनि तीन दिनमै उक्त अभियानमा माग भन्दा तेब्बर बढि रकम १ करोड ४० लाख रुपैयाँ जम्मा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार