बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए मलेसियाको मलेसियामा रहेका नेपालीलाई कोरोना भाइरससम्बन्धी समस्या परे सम्पर्क गर्न अपिल, सहयोग र राहतका लागि विशेष समिति गठन

बुधबार, चैत्र २६ २०७६

आदरणीय मलेसियामा बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरू सम्पूर्णमा नमस्कार ।

हार्दिक अपील !

विश्वभरि नै महामारीको रूप लिएको COVID-19 (कोरोना भाइरस) को प्रकोप नियन्त्रण अन्तरगत मलेसियामा रहनु भएका सम्पुर्ण नेपालीहरूले देखाउनुभएको आत्म संयमता, सावधानी र सचेतनाका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समिति मलेसिया हार्दिक धन्यवाद ज्ञापन गर्दछ। कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन घरभित्रै बस्न र नियन्त्रणका लागि मलेसिया सरकारको Movement Control Order निर्णय निर्देशनहरूलाई पालना गर्न पुन: हार्दिक अनुरोध गर्दछ।

KOVID-19 को संक्रमणबाट एक जना नेपालीलाई देखिएको र हाल उहाँ उपचाररत हुनुहुन्छ, उहाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै मलेसिया सरकारले बनाएका वारेन्टाइनमा तथा आफ्नै घरमा बस्नुभएका सबै प्रति सम्मान प्रकट गर्दछौ ।
बिश्वमा कोरोनाको कारण निधन भएका नेपालीहरू सहित सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ। साथै संक्रमण देखिएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ । यो भाइरस COVID-19 ले जो कसैलाई पनि लाग्न सक्छ यसको शंका लागेमा त्यसलाई नलुकाउन तथा मलेसिया सरकारले जारी गरेको सम्पर्कमा फोन गरेर उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौं ।
साथै एनसीसी मलेसियाले पनि सम्पुर्ण नेपालीहरुको निम्ति आफ्नो कर्तब्य निर्बाह गर्न कुनै कसर बाक़ी नराखि समस्यामा परेकाहरू लाई आवास्यक सहयोग गर्ने सदैब तत्पर रहेको पनी अवगत गर्दछ । नेपाल सरकार द्रारा सुरुवात गरेको कोष मा एनसिसि मलेसियाले एनआरएन आइसिसी(केन्द्र) द्वारा नेपाली १ लाख सहयोग गर्ने निर्णय गरिएको छ । आउने मिटिङले सम्पुर्ण व्यावसायि, बुद्धिजिवि, विभिन्न संघ सस्था बिच छलफल गरि समस्या हेरि आपतकालिन राहत कोष खडा गरि मलेसियामा जो कोहिलाई अप्ठ्यारो परेका नेपालीहरुलाई उक्त कोषबाट उद्दार गरि समस्या समाधान गर्ने उदेश्य रहेको छ । एसिसी मलेसियाले अंगभंग भएका, दुर्घटना, मृतकको शब नेपाल पठाउन वा दाहसस्कार गर्न कम्पनीले कुनै वास्था नगरिएको खन्डमा एनसिसि मलेसिया कल्याणकारी कोषबाट सक्दो सहयोग गर्ने जानकारी गर्दछौं ।
अन्तमा यस्तो बिश्वलाइ तर्सित बनाउने यो भाइरसबाट हामी जो कोहि पनि साबधानी अपनाउन अति आवश्यक छ । मलेसिया सरकारले अझै कडाइ गरेको हुदा अनावश्यक काममा घरभन्दा बाहिर हिड्डुल नगर्नु होला। यदि समस्या भएमा नेपाली दूतावास,विभिन्न संघ-सस्था,समाजसेविहरु संग सम्पर्कमा रहनु होला। र हाल को यो बिपत्ति को समय लाई मध्यनजर गरेर मलेशिया को विभिन्न ठाँउ मा यदि कोहि कसै लाई कुनै समस्या परेमा आफ्नो पायक पर्ने ठाँउ का निम्न ब्यक्तीहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ। हामी तपाईंको साथमा सधै रहने छौ ।

यो समस्या को घडी मा मलेशिया मा रहेका श्रमिक हरु मा परि आउने समस्या हरु मा नेपाल बाट खेल्नु पर्ने भुमिका को लागि NRNA मलेशिया बाट नेपाल का लागि
NRNA मलेशिया अध्यक्ष
हरि प्रसाद भट्टराई
फोन नम्बर :9851069922

मलेशिया को विभिन्न स्थान को लागि

क्वालालम्पुर क्षेत्र
वरिष्ठ उपाध्यक्ष : सुन्दर आले मगर
फोन नम्बर : 0103753413
महासचिब : हेमराज सापकोटा
फोन नम्बर : 01126313170

जोहोर क्षेत्र
उपाध्यक्ष : ज्ञानेन्द्र सिंह
फोन नम्बर: 0169009940
कोषाध्यक्ष : कृष्ण प्रसाद नेपाल
फोन नम्बर : 0143677067
युवा सयोजक : रबिलाल अधिकारी
फोन नम्बर: 01161763024
जोहोर शाखा को तर्फ बाट
“अध्यक्ष” मीन गुरुङ
फोन नम्बर : 0167811567
“सचीव”अर्जुन अनुरागी
फोन नम्बर : 01162191175

मुहार-बातुपात क्षेत्र
सचिब : रन्जित कुमार क्षेत्रि
फोन नम्बर : 0143211603

इपो-ताइपिङ
सचिव : नेत्र केसि
फोन नम्बर : 0162930274

मलक्का क्षेत्र
महिला सयोजक : श्रद्दा देवान
फोन नम्बर : 0126198966
सदस्य :बिरेन्द्र कार्की
फोन नम्बर : 01127767235

सेरेम्बान निलाइ
केन्द्रिय सदस्य : केशब कान्त झा
फोन नम्बर : 014-3031692

सुङाइ पेतानी “केडाहा”
सदस्य: दुर्गा बासकोटा
फोन: 0169878810

पेनाङ क्षेत्र
NRNA मलेशिया का सदस्य तथा जनउद्धार केन्द्र अध्यक्ष केशु थापा ज्यु
फोन नम्बर : 0164008595
NRNA मलेशिया का सदस्य तथा जनउद्धार केन्द्र
सचिब शंकर आचार्य
फोन नम्बर :0149999960
NRNA मलेशिया सदस्य तथा नेपाल मगर संघ क्षेत्रीय उपाध्यक्ष श्रवन लुङेली मगर
फोन नम्बर : 01137206155
सदस्य : बद्री आचार्य
फोन नम्बर: 011-69507880

गैर आवासीय नेपाली संघ
एनसिसि मलेसिया


हामी सबै को समस्या को सारथि बन्ने छौ। NRNA NCC मलेसिया का केन्द्रीय सदस्य केशव कान्त झाको पहल र सक्रियता मा निलाई को समारा भन्ने ठाउँ मा कोरोना को कारण अत्यन्त दुख पाउनु भएका नेपाली जसको नेपाल जाने प्रतीक्षा मा भएको बेला मा यो समस्या ले खाना समेत अभाव हुँदै गरेको मा NRNA मलेसिया को तर्फ बाट केही खाने सामाग्री राहत उपलब्ध गरिएको छ। यदि कुनै पनि नेपाली हरु मा अफ्ट्यारै समस्या परेको छ भने हामी लाई सम्झिनु होला। धन्यवाद!

महासचिव
हेमराज सपकोटा

सहयोग र राहतका लागि विशेष समिति गठन

बिश्व मानव जगत लाई पिडा परेको यस परिस्थितिमा मलेशिया मा हुनुहुने कोहि नेपाली हरु ले दुख पाउन नपरोस। परेको खण्ड मा नेपाली दूतावास को साथ र सहकार्य मा गैराआवासीय नेपाली संघ मलेशिया ले कुनै पनि मुल्य चुकाउने छैनौं ।
कोरोना को यस महामारी को समय लाई मध्यनजर गरेर अन्लाइन मार्फत बैठक सम्मपन्न गर्दै मलेशिया को विभिन्न क्षेत्र लाई मध्यनजर गर्दै बैठक ले आपतकालीन अवस्था मा परि आउने समस्या को लागि वरिष्ठ उपाध्यक्ष सुन्दर आले मगर र महासचिव हेमराज सापकोटा को नेतृत्वमा नौ जनाको एक कार्यसमिति नै बनाएर कार्य सुरुवात गरेको छ। मलेशिया को लाई हाल सम्म कोहि पनि नेपाली हरु मा त्यस्तो समस्या आइपरेको छैन। नपरोस भन्ने कामना पनि गर्न चाहन्छौं। तर पछी पर्न आउने समस्या को लागि हामी सबै मिलेर यो आपत को घडि मा सहयोग मा जुट्नु पर्दछ।
अध्यक्ष – हरि प्रसाद भट्टराई
बरिस्ठ उपाध्यक्ष- सुन्दर आले मगर
उपाध्यक्ष – ग्यानेन्द्र सिंह
महिला उपाध्यक्ष – सुभद्रा लिङ्देन
माहासचिब – हेमराज सापकोटा
सचिब – रन्जित कुमार क्षेत्री र नेत्र केसी
कोषाध्यक्ष – कृष्ण प्रासाद नेपाल
सदस्य केशब कान्त झा

प्रतिक्रिया
सम्बन्धित समाचार