आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युएईमा कोरोनाबाट एक जना नेपालीको मृत्यु

सोमबार, चैत्र २४ २०७६

काठमाडौं(जस)–युनाइटेड अरब इमिरेट्स(युएई)मा सोमबार २७७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । योसँगै युएईमा संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ । साथै सोमबार १ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ पुगेको छ ।

यूएईको दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन।

‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्‍नुभएको थियो’, मृतकका नजिकका आफन्तले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए।शवलाई प्रहरी आएर लिएर गएको थियो।’

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।
मंगलबार नयाँ २३ जना उपचार पछि निको भए सँगै १६७ जनाले स्वास्थ्यलाभ गरेका छ । यस अघि यूएईमा कोरोना भाइरस (कोभिड(१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन् । ११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार