जनसवाल संवाददाता
चैत्र २४ झापा / कचनकवल गाउँपालिकाका युवाहरु स्थानिय प्रहरी प्रशासन सग सहकार्य र समन्वय गरि यो दु:खद अवस्थामा आफ्नो ठाउँलाई सुरक्षित पार्ने अभियानमा जुटेका छन।
भारतिय क्षेत्र पाठामारी, कादोगाउ, कदुभिट्टा आदि सग प्रत्यक्ष जोडिएको यश गाउँपालिकामा भारतबाट प्रवेश गर्ने अनेकन नाका छन। सिमा सुरक्षा हेतु घेराबारी र केचनामा सशस्त्र प्रहरीबलको क्याम्प खडा गरिएको छ जहाँबाट भारतिय सामान नेपाल पस्न रोकिन्छ। तर जनशक्ति( सशस्त्र प्रहरी) को अभावमा र लामो दुरि लगभग २८ किमि आफुले हेर्नू पर्ने भएकोले सबै एरिया कभर गर्न कठिनाइ भएको केचनाका इन्स्पेक्टर लोक बाहादुर तामाङ्गले जनसवाललाइ बताए।
पाठामारिबाट डुबडुबी हुँदै आउने भारतिय सामान र भारतिय ब्याक्तिहरु रोक्न डुबडुबिमा स्थानिय युवाहरु आफै तत्पर रहेर दिनरात खटिरहेका छन। यो माहामारिमा हामी रिस्क लिन चाहान्नौ, समाजसेवी कर्ण राजवंशी भन्छन।
कचनकवलको मुटु मानिने बनियानी बजारमा हरेक शुक्रबार र सोमबार बजार लाग्ने गर्दछ जहाँ भारतबाट ब्यापारी आउनका साथै हजारौ किलो साग सब्जी, थानका थान कपडा, टिनका टिन तेल भित्रन्छ। यो विषम परिस्थितिमा त्यो कुराहरु रोक्न नसक्दा सामान मात्र नभएर भाइरस भित्रने उस्तै त्रास छ। आज प्रशासनमा पर्याप्त जनशक्ति नभएको कुरालाइ मध्यनजर गर्दै स्थानिय युवाहरू स्वतस्फूर्त रुपमा २० २५ जना भेला भइ मास्क, ग्लोभ्स, चस्मा आदि लगाएर २ मिटरको दुरि राखी चेतना फैल्याउन साथै प्रशासनलाई अवैधानिक कारोवार रोक्न सहयोग गर्न निस्किएका थिए।
बनियानी चौक बाट बढेको समुहलाई करिब १ किमि तल सशस्त्र प्रहरिका इन्स्पेक्टर लोक बाहादुर तामाङ्गको कमाण्डमा आएको टोलिले रोकि रुखो आवाजमा के यो “बिहेको जन्ती हो? खुरुक्क फर्किनु, काम छैन, सामाजिक दुरिको बारेमा थाहा छैन? ” भनी झपारेको विद्यार्थी नेता बिकास घिमिरे बताउछन। हामि तपाइहरुलाइ सहयोग गर्न हिडेको, सहजीकरण गर्न लागिपरेको भन्दा “खुरुक्क फर्कनु नत्र अहिले म भाटा लगाउछु” भनी धम्क्याएको भन्छन घिमिरे।
घिमिरे थप्छन, युवाहरुको जिम्मेवारी हो आफ्नो स्थान जोगाउने। जब यति अवैधानिक काम देखिन्छ र समाज खतरामा परेको देखिन्छ भने हामी कसरी चुप बस्न सक्छौ। हामी बिना बर्दिको प्रहरी हो, हाम्रो राष्ट्रिय दायित्व हो।
विद्यार्थी नेता नारायण नेपाल भन्छन हामी घरमा बसि बसि भाइरस आफुतिर आमन्त्रित गर्न चहान्नौ, हाम्रो कमजोरि नहुदा पनि अन्य माध्यममार्फत हामी असुरक्षित हुने हामिलाइ मान्य हुन्न। परिवार र समाजको रक्षा हेतु ज्यान दिन सक्ने अवस्थामा हामी छौ। यो लकडाउन पहिले सिमा बन्द गरेर हामिलाइ सुरक्षित महसुस गराएपछि सफल हुन्छ नेपाल थप्छन।
सशस्त्र प्रहरिबलका इन्चार्जले धम्क्याउदा इमान्दार नागरिक भइ यो संकटको अवस्थामा नबाजी युवा जमात फर्किएको थियो। बनियानी चौकमा आइपुग्दा, हामी घरमा बस्छौ प्रशासनलाई सहयोग पनि गर्छौ , तपाइहरु पनि हामिलाइ सहयोग गर्नुहोस, सुरक्षाको प्रत्याभूति दिनुहोस भनी बनियानी इप्रका का इन्चार्ज हस्त बा श्रेष्ठ सग सर सल्लाह गरेको समाजसेवी जय राजवंशी बताउछन।
सई श्रेष्ठले हामी जनताको नजिक रहेर सहयोग लिने र दिने कार्यमा कञ्जुस्याइ नगर्ने बताए। सबै युवाहरुलाइ सम्बोधन गर्दै सइ श्रेष्ठले केही जानकारी आए सुचना दिन अनुरोध गर्दै सो अवस्थामा कारवाही गर्न पछि नपर्ने पनि बताए