कोरोना महामारी : १२ लाख ७३ हजार बढी संक्रमित, मृत्यु संख्या ७० हजार पुग्न लाग्यो, थप दुई देशमा संक्रमण (अपडेट)

काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव अब प्राय विश्वका सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २०८ देश पुगिसकेको छ ।

सन् २०२० अप्रिल ६ बिहान ७.४५ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १२ लाख ७३ हजार ४ सय ९९ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ६९,४५१ पुगेको छ । निको भएकाहरुको संख्या २६२,३५१ छ भने उपचाररत बिरामीको संख्या ९५१,६९७ रहेको छ । जसमध्ये ८९६,१०५ को अवस्था मध्यम छ भने ४४,५९२ को स्थिति चिन्ताजनक रहेको छ । प्रतिशतमा भन्दा संक्रमित भएर घर फर्कने ७९ प्रतिशत छन् भने २१ प्रतिशतको मृत्यु भएको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ३३६,६७३ पुगेको छ भने ९,६१६ को मृत्यु भएको छ । मृत्युदरको हिसाबमा हेर्दा इटाली सबैभन्दा बढी प्रभावित देश बनेको छ । अहिलेसम्म १५ हजार ८ सय ७ जनाले ज्यान गुमाएका छन् भने प्रभावितको संख्या १ लाख २८ हजार ९ सय ४८ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१७०८ र मृत्यु संख्या ३३३१ पुगेको छ भने मृत्यु हुनेमा २ जना थपिएका छन् ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, स्पेन दोस्रो, अमेरिका तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :