काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । आज केन्द्रीय प्रयोगशाला टेकुमा तीन जना पोजेटिभ आएपछि संक्रमितको संख्या ९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित बिर्फिङमा जानकारी दिदै संक्रमित २१ बर्षिय पुरुष र ४१ बर्षिय पुरुष भारतबाट आएको बताएका छन् । त्यस्तै ३४ बर्षिय महिला भने संक्रमित व्यक्तिको नातेदार रहेको प्रवक्ता देवकोटाले बताए ।
तिनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारत रहेका छन् । प्रवक्ता देवकोटाले कोरोना नेपालमा दोस्रो चरणमा प्रवेश गरेको बताए ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । अहिले उपचारत रहेका आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
नेपालमा अहिलेसम केन्द्रीय प्रयोगशाला टेकुमा १४ सय ४१ जनाको परिक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
यस बाहेक काठमाडौँ बाहिर छ ठाउमा जनकपुर, धरान, हेटौडा, पोखरा, सुर्खेत र धनगढीमा कोरोना परिक्षण देखिएको बताएका छन् ।
प्रवक्ता देवकोटाले बुटवल र चितवनमा आइतबारबाट कोरोना परिक्षण हुने जानकारी दिए । उनले अहिलेसम्म १५ उपत्यका र ५४ उपत्यका बाहिर आइसोलेसनमा रहेको बताए ।