निश्चल दाहाल
झापा / झापा जिल्लाको कचनकवल गाउँपालिकामा अवस्थित जिल्लाकै ठूलो मध्ये एक मानिने मित्तल टि स्टेटका मजदुरहरुलाइ मास्क, साबुन वितरण गरिएको छ। ट्रेड युनियन कचनकवलका सभापती संजिब प्रधान, सदस्य अमृत थापा, महिला सदस्य केशर कुमारी मगर(श्रेष्ठ ) तथा मित्तल टि स्टेट मजदुर संघका सभापती धन बा गुरुङ्ग लगायतको टोलिले ती सामान वितरण गरेको हो। करिब ६० परिवार कम्पनी क्वार्टरमा बस्छन जस्मा लगभग १८० सदस्य छन, ती सबैलाई आज अत्यावश्यक सामान मध्येको मास्क र साबुन वितरण गरिएको छ।

रोयल केमिकल उद्योग बिर्तामोडका संस्थापक मनिष दाहलले आफ्नो कम्पनिको तर्फ बाट ह्याण्ड वास र सेनिटाइजर उपलब्ध गराइ स्थानिय समाज सेवि जय राजवंशि लगायतको सहायतामा कचनकवल गाउ पालिका वार्ड नं ६ अवस्थित सन्थाल बस्ती(पैनिटोला), मुसलमान बस्ति( डुबडुबी)साथै मित्तल टि स्टेटमा पनि ती सामाग्री वितरण गरेका थिए। आफू र आफ्नो कम्पनीबाट यो समयमा सरकारलाइ सक्ने सहयोग गर्ने र आफ्नो गाउमा सचेतना अभिवृद्धि गर्न पछि नपर्ने दाहाल बताउछन।

सामान हस्तान्तरण सगै हात धुने तरिका र सुरक्षित कसरी रहने भनी सचेतना जगाउने कार्यपनी गरिएको थियो। सोहि समयमा भेला भएका मित्तल टि स्टेटका मजदुरहरुले बिगत २ महिना देखि आफुले तलब नपाएको दुखेसो जनसवाल सग बताए। “यो अवस्थामा हामी के खाने? हामी न त बाहिर जान सक्छौ किन्न नै, न त हाम्रो खेती पाती छ। भोक भोकै मरिएला भन्ने डर हुन थाल्यो” नाम उल्लेख नगर्ने शर्तमा एक मजदुरले जनसवाललाइ बताउनु भयो। करिब ३०० मजदुर बेतलबी अवस्थामा रहेको र कम्पनी मालिक बेखबर झै भएर बेवास्ता गरिरहेको मजदुरहरुको दुखेसो छ।
