मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

पोखरामा अहिलेसम्म कसैमा कोरोना पोजेटिभ देखिएको छैन : स्वास्थ्य मन्त्रालय

शुक्रबार, चैत्र २१ २०७६

काठमाडौं, २१ चैत । स्वास्थ्य मन्त्रालयले पोखरामा अहिलेसम्म कसैलाई कोरोना संक्रमणको पोजेटिभ नतिजा नआएको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । पोखरामा अहिलेसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएको स्पष्ट पारेका छन् । भर्खरै प्रयोगशाला स्थापित गरेको अवस्थामा अहिले प्रयोगशालाकै परीक्षण भइरहेको उनले स्पष्ट पारे ।

यसअघि पोखरामा स्थापना गरिएको प्रयोगशालाबाट परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको खबर सार्वजनिक भएको थियो भने पछि काठमाडौंमा परीक्षण गर्दा नेगेटिभ भेटिएपछि जनमानसमा द्विविधा बढेको थियो ।

सुरुमा उपकरणको अवस्था ‘भ्यालिडेसन’ गर्नुपर्ने भएकोले सुरुमा दुवैतिर परीक्षण गर्नुपर्ने र पछि यस्तो अवस्था नआउने उनले बताए । शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा देवकोटाले उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाले भने, ‘कोभिड–१९को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै १२० जना आइसोलेसनमा हुनुहुन्छ । ५ जना उपत्यका बाहिर र ११५ जना काठमाडौंमा आइसोलेसनमा हुनुहुन्छ ।’ अहिलेसम्म १२७७ जनाको कोरोना परीक्षण गरिएको र ५ जना संक्रमितसहित शंकास्पद १२० जनाको आइसोलेसनमा राखेर उपचार हुँदै गरेको देबकोटाले जानकारी दिए ।

लसम्म संक्रमित केस ६ वटामध्ये एकजना निको भएर घर गइसकेको बताउँदै बाँकी ५ जनाको उपचार भइरहेको उनले जनाए । ५ मध्ये २ जना टेकुमा, २ जना बागलुङमा र एकजना धनगढीमा उपचार गराइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए । उपचाररत सबैको अवस्था सामान्य रहेको उनले बताए ।भक्तपुरमा क्वारेन्टाइनमा रहेका ९६ जनाको नमूना संकलन भएको देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार