सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अमेरिकामा कोरोनाबाट एकैदिन ११ सय ६९ जनाले ज्यान गुमाए

शुक्रबार, चैत्र २१ २०७६

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार १६९ जनाको मृत्यु भएको छ । जोन होप्किन्स युनिभर्सिटीले दिएको पछिल्लो अपडेट अनुसार एकै दिनमा अमेरिका ११ सय ६९ जनाले ज्यान गुमाएका हुन् ।

योसँगै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७० पुगेको छ । साथै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या २ लाख ४४ हजार ८७७ पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी न्युयोर्कमा कोरोनाको असर देखिएको छ । न्युयोर्कमा अहिलेसम्म २ हजार ५३८ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा ९३ हजार ५३ जना संक्रमित भएका छन् ।

त्यस्तै अर्को राज्य न्यूजर्सीमा ५३७ जनाको मृत्यु भएको छ भने २५ हजार ५९० जना संक्रमित भएका छन् ।

त्यस्तै मिचिगनमा ४१७, लुसियानामा ३१०, वाशिंटनमा २७२, क्यालिफोर्नियामा २३४, जर्जियामा १६३, इलिनोइसमा १५७, मसाचुसेट्समा १५४, फ्लोरिडामा १४४, कोनेक्टीकटमा ११२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार