मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

वीर अस्पतालमा मृत्यु भएका दुवै जनाको कोरोना टेस्ट नेगटिभ

मंगलबार, चैत्र १८ २०७६

काठमाडौँ । काठमाडौँस्थित वीर अस्पतालमा सोमबार मृत्यु भएका दुवै जनाको कोरोना टेस्ट नेगटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले वीर अस्पतालमा सोमबार मृत्यु भएका विरामीको रिपोर्ट नेगटिभ आएको जानकारी दिएका छन् ।

सोमबार मृत्यु हुनेमा एक जना नेपाली नागरिक ब्लड प्रेसर र ज्वरोको विरामी भएको र अर्को कालिमाटीमा व्यवसाय गर्ने भारतीय नागरिक पनि ज्वरोको विरामी रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार