बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए एनसीसी कतारद्धारा नेपाली कामदार रहेका क्याम्पमा मेडिकल किट बाँडन स्वंयसेवक सहयोग माग, अध्यक्ष मुक्तदाले गरे आग्रह(विज्ञप्तिसहित)

शुक्रबार, चैत्र १४ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारले नेपाली कामदार रहेका क्याम्पमा मेडिकल किट बाँडन स्वंयसेवक सहयोग माग गरेको । एनसीसी कतार अध्यक्ष मोहम्मद मुक्तदाले एक विज्ञप्ति प्रकाशित गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार च्यारिटी मार्फत नेपाली कामदारहरु बस्ने क्याम्पहरुमा पहिलो चरणमा ३५०० मेडिकल कीट बाढिएको र तत्कालै दोस्रो चरणमा ४००० मेडिकल कीट बाड्ने कार्यक्रम रहेको जानकारी गराएका छन् । आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्युहरु, ब्यवशायी ज्युहरु, पत्रकार ज्युहरु साथै सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुमा,
हार्दिक नमस्कार!

विषय: स्वयंसेवक सहयोगका सम्बन्धमा।

उपरोक्त सम्बन्धमा हालै देखा परेको कोरोना भाइरस नियन्त्रणमा कतार सरकारले चालेको कदममा एक्यवद्धता जनाउदै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार च्यारिटी मार्फत नेपाली कामदारहरु बस्ने क्याम्पहरुमा पहिलो चरणमा ३५०० मेडिकल कीट बाढिएको र तत्कालै दोस्रो चरणमा ४००० मेडिकल कीट बाड्ने कार्यक्रम रहेको जानकारी गराउदछौ।

उक्त मेडिकल कीट बाढ्नका लागि केही स्वयंसेवक हरुको सहयोग चाहिएको हुदा समय अनुकुल हुने र यस्ता परोपकारी कार्यमा सहभागी हुन इच्छुक कोहि हुनुहुन्छ भने स्वयंसेवकका लागि एनसीसी कतार लाई नाम उपलब्ध गराई सहभागी भई सहयोग गरिदिनहुन सबैमा अनुरोध गर्दछौ।साथै सहभागिताका लागि प्राप्त नामका स्वयंसेवक हरुलाई मेडिकल कीट बाढ्ने स्थान र समय फोन मार्फत जानकारी गराइने जानकारी गराउदछौ।

“कोरना भाइरस बाट आफू पनि बचौ, अरुलाई पनि बचाऔ”

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
एनआरएनए एनसीसी कतार

प्रतिक्रिया
सम्बन्धित समाचार