काठमाडौं । बिश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसबारे कतार च्यारिटीसंग समन्वय गर्दै गैरआवासीय नेपाली संघ कतारको तर्फबाट सहानियाको लेबर क्याममा जनचेतना तथा मेडिकल किट्स बितरण कार्य गरिएको छ । आईतबार गैरआवासीय नेपाली संघ क़तारले क़तार च्यारिटिसंग समन्वय गरि सहानिया को लेबर कैम्पमा मेडिकल किटस बाडन सहयोग गरेको छ।
यसमा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र आईसीसी सदस्य रमेश भट्ट लगाण्तको सहभागी रहेको थियो। उनिहरुले आफ्नो स्वास्थ्यको प्रबाह नगरि नेपालि कामदारहरु लाई जनचेतना फैलाउन लेबर क्याम्प पुगेका थिए ।
कतार सरकारले निकालेको बक्तव्यमा औद्योगिक क्षेत्रमा कोरोना पोजेटिभ पुष्टि भएको र शंकास्पद कामदारहरुलाई उच्च निगरानीमा राखेर उपचार सुरु गरिएको उल्लेख गरिएको छ । कामदार राखिएको क्याम्पमा खाना, पानी, मास्क र ह्याण्ड सेनेटाइजरको व्यवस्था समेत गरिएको जानकारी दिँदै कामदारलाई तालिकाअनुसार दैनिक तलवको व्यवस्था मिलाइएको पनि कतारले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
कतारमा हालसम्म ४ सय ९४ जनामा संक्रमणको पुष्टि भएको छ । जसमध्ये ३३ जना उचार पछि निको भए घर फर्किसकेका छन् भने ४६१ जना उपचाररत छन् । कतार सरकारले सबै आप्रवासी कामदारलाई पनि लागि आफ्नै नागरिक सरह सुविधाहरु दिएर कोरोना नियन्त्रण अभियान चलाइरहेको छ । कतारमा अहिलेसम्म संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । कतारमा औद्योगिक क्षेत्र बन्द गरिनुका साथै पार्क, सिनेमा सहित भीड हुने स्थान बन्द गरिसकेको छ । एमनेस्टीले बिरोध गरेपछि कतार सरकारले एमनेस्टीले भनेको गलत भन्दै बिज्ञप्ती निकालेको हो ।







