सोमबार, चैत्र १० २०७६
काठमाडौं । कोरोना संक्रमणबाट सुरक्षित रहन गैरआवासी नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे र महासचिब पिताम्बर भट्टराईले अपील जारी गरेका छन् । अपिलमा विश्वव्यापी महामारी बनेको कोरोनाबाट सतर्क र सुरक्षित रहन अनुरोध गरिएको छ ।
अध्यक्ष घिमिरेको अपिल
बिश्वब्यापी महामारिको रुपमा फैलिदै गरेको COVID -19 बाट आफु, परिवार र अरुलाई सन्क्रमितहुनबाट बचाउन सक्दो प्रयास गरौ।
१. पाएसम्म N 95 मास्कको प्रयोग गरौ
२. डिस्पोजेबल पन्जाको प्रयोग गरौ। पन्जा हातबाट खोले पछि साबुन पानी वा Hand Sanitizer को प्रयोग गरौ। हेल्थ केयरमा प्रत्यक्ष लाग्नुहुने सबैले Four moments of Hand Hygiene प्रयोग गरौ।
३. सामाजिक दुरि ( Social Distance) बढाउ।
४. २,४ हप्ता ढुकुटी पार्टी, भोज, जन्मोत्सब, गुड फ्राईडे , हाप्पी विकेन्ड, कफि गफ, सामाजिक संघ सस्थाका भेटघाट/ मिटिङ/ कार्यक्रम, जस्ता भेटघाटका कार्यक्रम स्थकित गरौ।
५. कामको सिलसिलामा वा अत्यावश्यक कसैलाई भेट गर्नु परेमा Screening Questions जस्तै, तपाईं वा परिबारको सदस्य २ हप्ता भित्र बिदेशबाट आउनु भएको छ? कसैलाई फ्लूको शन्का छ? कोहि कोरोन पोजेटिभ छ? कसैलाई ज्वरो आएको छ?
६. आफनो वा अरुको घरमा पुगेपछी नमस्ते गर्दै साबन पानीले हातसफा गर्न बाथरुम छिर्ने, सम्भब नभए तुरुन्तै Hand Sanitizer ले प्रकिर्या पुर्याएर हात रगडने।
७. कन्डोमिनियम र अपार्टमेन्टमा बढी मान्छेहरुको आवत जावत हुनेहुदा, ढोकाको हेन्डल, एलिभेटर बटमहरु, इन्टरकम डायल प्याड, रेलिङ जस्ता चिजहरु बडो साबधानी पुर्बक छुने बानी बसालौ ।
८. सार्बजनिक वा सामुहिक स्विमिङ पुल, हट बाथ वा ज्याकुजी, सना (Sauna), जिम, Sqush लगाएत अन्य खेलकुदहरु यो प्रकोप नसकिदा सम्म जान बन्द गरौ।
९. घरमा भिडभाड हुने गरि पाहुना नबोलाउ र आफू पनि सकेसम्म अरुको घरमा नजाउ।
१०. ढोकाको ह्यान्डिलहरु, बाथरुम, किचन तथा कार समय समयमा सफा गरौ।
११. कोहि बिदेशबाट ( क्यानडा बाहेक) आउनुभो वा आउदै हुनुहुन्छ भने कोरोनाको लक्षण देखिएमा तुरुन्तै सम्बन्धित क्षेत्रको उपलब्ध अस्पताल, स्वास्थ्य केन्द्र वा अन्य केन्द्रमा जान सल्लाह दिउ । लक्ष्यण नदेखिएमा २ हप्ता self isolation मा रहने गरौ र सल्लाह पनि बाडौ।
१२. सार्बजनिक सबारी साधन बस, स्ट्रीट कार, ट्रेन , टेक्सी तथा राईड शेयर सबारी साधन सकेसम्म प्रयोग नगरौ।
१३. कुनै समस्या वा जानकारिको लागि Tele Health 1-866-797-0000 मा सम्पर्क गरौ।
१३. पब्लिक हेल्थको लागि
https://www.phdapps.health.gov.on.ca/PHULocator/Default.aspx
१४. क्यानडा सरकारको कोरोना सम्बन्धी वेबसाईटबाट धेरै सुचनाहरु प्राप्त गर्न सकिन्छ।
https://www.canada.ca/en/public-health/services/diseases/coronavirus-disease-covid-19.html?utm_campaign=not-applicable&utm_medium=vanity-url&utm_source=canada-ca_coronavirus
१४. नेपाल जान वा आउनको लागि कुनै जानकारी चाहिएमा नेपाल राजदुताबास अट्टोवामा सम्पर्क गरौ। फोन:613-680-5513
१५.अन्य जानकारी, सहयोग र सल्लाह चाहिएमा गैर आबासिय नेपाली संघ क्यानडाको टोल फ्री फोन 1-800-627-9026 मा सम्पर्क गरौ।
१६. क्यानडा भन्दा बाहिर रहेका क्यानडियनहरुले यो लिन्कमा रजिस्टर गर्नु भो भने, क्यानडियन सरकारलाई तपाईहरु सङ सम्पर्क गर्न सहज हुन्छ।
https://travel.gc.ca/travelling/registration
१७. तपाईलाई आकस्मिक Consular सेबा चाहिएमा यो लिन्क प्रयोग गर्नुहोला।
https://travel.gc.ca/assistance/emergency-assistance
१६. गलत सुचना प्रदान गर्नेलाई निरुत्साहित गरौ र बिश्वासिलो र एकदम भरपर्दो मात्र सुचना शेयर गरौ।
चिरन्जिबि घिमिरे -अध्यक्ष ,एनआरएनए क्यानडा
एनआरएनए क्यानडाका महासचिब पिताम्बर भट्टराईको अपिल
COVID 19 संक्रमणबाट बच्न र बचाउन विशेष अपिल !
कोरोना भाइरस COVID 19 को संक्रमणले विश्वभरी महामारी र भयावभ रुप लिदै आएको छ । यो संक्रमणबाट बच्न संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नआउनु -सामाजिक डिस्टेन्सको पालना गर्नु नै मुख्य सावधानी हो । अति जरुरी काम बाहेक घरबाट ननिस्कन, कुनै पनि भेटघाट नर्गन पब्लीक हेल्थ क्यानडाले सूचना गरी गर्दै संक्रमणबाट बच्नको लागि हो विशेष आग्रह गरेको छ । यसको उल्लंघन गरेमा क्यानडा सरकारले जरीवाना लगाउने चेतावनी समेत दिएको छ । यस प्रकोपबाट नआत्तिएर, हतास नभई सचेतना र सजगतापुर्वक आत्मसुरक्षाका उपाय अपनाएमा संक्रमणको जाखिमबाट सहजरुपले बच्न सकिन्छ । यसका लािग विषेश सावधानी, संयमता, आत्मसुरक्षा र आत्मबल बढाउनका लागि एनआरएनए क्यानडा सबैमा विनम्र अनुरोध गर्दछ ।
यस किसिमको अति संवेदनशिल अवस्थालाई मध्यनजर गर्दै क्यानडाका प्रायः सबै प्रोभिन्सले संकटकाल घोषणा गरेका छन् । यहाको सरकारले सबैको रोजगारी, घर भाडा, मोरटजेग, साना ठूला व्यवसायका लागि सहयोगी प्याकेज, सेल्फ इम्ल्पोई, अतिरिक्त चाइल्ड बेनिफिट लगायत विभिन्न आर्थिक सुविधाका प्याकेज उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसको मतलव हो, तपाई कुनै कुराको चिन्ता नगरी आप्mनो स्वास्थ्यको ख्याल मात्र गर्नुहोस ।
गैर आवासीय नेपाली संघका केन्द्रिय कमिटिले संसार भरका नेपाली आफू सुरक्षित रहनका उपायहरु अवलम्वन गर्न विषेश पहल गरेको छ । तपाई, वा तपाईको परिवार वा छिमेकीमा केहि भएमा स्थानिय पब्लीक स्वास्थ सेन्टरमा सम्पर्क गर्न हुन र एनआरएनए क्यानडालाई पनि सुचना दिन हुन अपिल गरिन्छ ।
त्यस्तै एनआरएनए क्यानडाले पनि नेपालीज क्यानेडियनलाई सहि सुचना प्रदान गर्ने र आवस्यक परेमा सहयोग गर्न अध्यक्ष चिरनजिवी घिमिरेको संयोजकत्वमा विषेश टास्क फोर्स कमिटि गठन गरिसकेको छ । साथै, यो महामारीबाट प्रभावित हुनेलाई सहयोग गर्ने उद्देश्यले इमरजेन्सी फण्ड संकलन गर्ने व्यवस्था पनि गरिएको छ । यसमा तपाईले पनि सकेको सहयोग गर्न एनआरएनए क्यानडा सबैमा हार्दिक अनुरोध गर्दछ । र, पालना गर्नुपर्ने केहि उपायहरु बुदागत रुपमा निम्न अनुसार छन् ।
१, विदा वा कुनै देशबाट र्पmकिएर आउनु भएका सबैलाई सेल्फ आइसोलेसनमा बस्ने, २, सोसियल डिस्टेन्सको पालना अनिवार्य गर्नु पर्ने ।, ३, कुनै पनि सामाजिक भेटघाट विल्कुलै नगर्ने । ४, नियमति रुपम हात धुने आदी
भाषा वा अन्य कुनै समस्या आएमा एनआरएनएको टोलफ्रि नम्वर १ ८०० ६२७ ९०२६ मा सम्पर्क गर्नु हुन पनि अनुरोध गरिन्छ ।
पिताम्बर भट्टराई -महासचिब एनआरएनए क्यानडा
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij