काठमाडौं(जस)–प्रवासी नेपाली एकता मन्च कतारले कोरोना संक्रमणबाट जोगिन विभिन्न सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्चका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीद्धारा जारी विज्ञप्तिमा बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको कारणले त्रासको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा जनजागरण अभियान स्वरुप तपाईं हामी जो जहाँ छौ त्यहाबाट भौतिक, मानबिय एबम सामाजिक रुपमा ब्यक्ति, समुदाय एबम समाजलाइ विश्व भर फैलिएको कोरोना भाइरसबाट बच्न र आफ्नो परिवारलाइ बचाउने उपाय बारेमा सिकाउनु शब्य एबम शिक्षित समाजको पहिलो प्राथमिकता भएको बताइएको छ ।
विज्ञप्तिमा यतिखेर कतारमा रहने सम्पुर्ण नेपाली तथा अन्य समुदायले कतार सरकारले जारी गरेको अति आबश्यक निर्देशनहरु अक्षरस पालना गरि आफू र अरुलाई समेत सुरक्षित रहन मन्चले विज्ञप्तिमार्फत हार्दिक अनुरोध गरेको हो ।

आफ्नो सुरक्षा आफै गरौ !
आदरणीय दाजुभाई तथा दिदी बहिनिहरु !
अभिबादन
बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको कारणले त्रासको अवस्था सिर्जना भएको छ ! यस्तो अवस्थामा जनजागरण अभियान स्वरुप तपाईं हामी जो जहाँ छौ त्यहाबाट भौतिक, मानबिय एबम सामाजिक रुपमा ब्यक्ति, समुदाय एबम समाजलाइ विश्व भर फैलिएको कोरोना भाइरसबाट बच्न र आफ्नो परिवारलाइ बचाउने उपाय बारेमा सिकाउनु शब्य एबम शिक्षित समाजको पहिलो प्राथमिकता हो । एक्कासि ज्वरो आउनु, रुखाखोकी लाग्नु, शरिरको तापक्रम बढ्नु, बान्ता हुनु, एक्कासि छाती दुख्नु एबम रिगन्टा लाग्नु जस्ता लक्षण फेला पर्ना साथ नजिकको स्वास्थ्य चौकी एबम अस्पतालमा सम्पर्क गरि बेलैमा उपचार लिनुले फैलिन बाट बचाउछ । यदि समयमै उपचार पाएमा हुन सक्ने सम्भाबित खतराबाट बच्न सकिने भएकाले बेलैमा सम्बन्धित स्वास्थ्य संस्थामा समन्वय गरौ र गराउने माध्यम तपाईं हामीले मिलाउनु पर्दछ ।
महामारीका रुपमा फैलिएको यस किसिमको रोगले आज विश्व भर आतंक मच्चाएपनी मानसिक चिन्ता भने लिनु हुन्न । जब चिन्ताले मानिसलाइ कमजोर बनाउछ जस्का कारण उक्त ब्यक्तीलाई नै रोगले च्याप्न सक्ने भएकाले कमजोर मानसिकता बाट मुक्त रहौ । आफ्नो दैनिक खाना, सरसफाइ एबम आफू रहेको स्थानलाई फोहोरमैला मुक्त बनाउ, कुनै फलामजन्य बस्तु एबम कसैसग हात मिलाएमा तुरुन्तै साबुनपानीले वा हेण्ड सेनिटाइजरले हात धुने बानी बसालौ ।
रोगसग लड्न सक्ने प्रतिरक्षात्मक क्षमताको वृद्धि तपाईं हामीमा भएकाले मानसिक तनाबबाट मुक्त रहौ । यति खेर कतारमा रहने सम्पुर्ण नेपाली तथा अन्य समुदायले कतार सरकारले जारी गरेको अति आबश्यक निर्देशनहरु अक्षरस पालना गरि आफू र अरुलाई समेत सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौं ।
चानक पोखरेल मोहन कार्की
अध्यक्ष सचिव
प्रवासी नेपाली एकता मन्च कतार