शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सिरहा प्रहरीले आफै थाल्यो मास्क बनाउन, स्थानीयलाई समेत सहयोग गर्ने

बुधबार, चैत्र ५ २०७६

आलोक यादव
सिरहा । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरू अपनाइएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको बताइरहँदा बजारमा मास्क लगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।

यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले मास्क उत्पादन गर्न सुरु गरेको छ । सिरहा प्रहरीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ । कोरोनाको सन्त्रास बढेको भन्दै प्रहरीले मातहतका कर्मचारी, स्थानीयवासी र थुनुवालाई समेत मास्क बनाएर वितरण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदीले प्रहरी कार्यालय सहित मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका करिब १००० भन्दा बढी थुनुवा, मातहतका कर्मचारी र करिब २०० स्थानीयहरूलाई मास्क वितरण गरिएको चतुर्बेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार