मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बलात्कारको आरोपमा प्रदेश सांसद पक्राउ

बिहिबार, फाल्गुन २२ २०७६

धनगढी । बलात्कार आरोपमा नेकपाका सांसद पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कलबहादुर रावल बुधबार पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् ।

प्रदेशसभा सदस्य रावलकाविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो । जाहेरीमा ती महिलाले प्रदेशसभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरीले बिहीबार रावललाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ ।

रावल पूर्वमाओवादी केन्द्रको तर्फबाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार