दुबईमा आज ‘गोर्खाली नाईट–२’ सांगितीक कार्यक्रम आयोजना हुँदैं, प्रस्तुतिका लागि सबै कलाकार दुबईमा (फोटोफिचर)

यूएई (जस)– आज सयुक्त अरब इमिरेटस (यूएई) को दुबईमा दोश्रो गोर्खाली नाइट सांगितीक कार्यक्रम आयोजना हुँदै छ । अघिल्लो वर्ष कार्यक्रमको पहिलो संस्करण भव्य रुपमा सम्पन्न गरेका आयोजकले यो संस्करण थप भव्य बनाउने गरि तयारी पूरा गरेका छन् ।


दुबईको बरदुबईस्थित अस्ट्रेरिया होटलको एभरेष्ट क्लबमा आयोजना हुने गोर्खाली नाईट–२ मा आफ्नो प्रस्ुतति दिन सबै कलाकार दुबई आइपुगेका छन् । कार्यक्रमको लागि ‘भ्वाइस अफ नेपाल सिजन२’का विजेता राम लिम्बुसहित विकास लिम्बु, आरिफ शेख, सनिश श्रेष्ठ र अञ्जु राना मगर, नेपाली डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, रबिन कुमार भुजेल र हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतम, गायिका प्रविशा अधिकारी स्मृति दाहाल, तथा कार्यक्रम प्रस्तोता सुशील नेपाल दुबई आईपुगेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ(एनआरएनए) मधयपूर्व संयोजक प्रवीन गुरुङ, विशेष अतिथि युवा नेता पूर्ण गुरुङ, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले दुबई आइसकेको आयोजकले जानकारी दिएका छन् ।


कार्यक्रम भव्य र सभ्य बनाउन लागिपरेको आयोजक एंव एनआरएनए मध्यपूर्व सहसंयोजक मनोज गोर्खालीले बताए । कार्यक्रमको समपूर्ण तयारी सकिएको र अब प्रस्तुति मात्र बाँकी रहेको अर्का आयोजक एंव एनआरएनए यूएईका युवा संयोजक मदन अधिकारीले बताए ।

हिमालयन एयरलाईन्सको उडानबाट आबुधावी आएका कलाकारलाई आयोजक मनोज गोर्खाली, मदन अधिकारीलगायतको टोलिले भव्य स्वागत गरेको थियो । कलाकारको टो लीअहिले दुबई आइपुगेका छन् भने कार्यक्रमको लागि थप अतिथिहरु समेत आउने क्रम रहेको छ ।


करिब एक दर्जन नेपाली कलाकारहरुले आफ्नो उत्कृष्ट प्रस्तुति राख्ने भएकोले यो कार्यक्रमको चर्चा यूएईमा बढी छ । यस कार्यक्रमका आयोजक मनोज गोर्खाली र मदन अधिकारी यूएईमा सफल कार्यक्रम आयोजकका रुपमा चिनिन्छन । कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमको भरपुर मनोरञ्जन लिन आयोजक टोलीले सबै नेपालीलाई हार्दिक अनुरोधसमेत गरेका छन् ।

गत वर्ष दुबईमा पहिलो पटक ‘गोर्खाली नाइट–२०१९’ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट संकलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १ र १ लाखका दरले सहयोग गरिएको थियो । प्रथम ‘गोर्खाली नाइट’मा नेपाल आइडल सिजन २ का विजेता रबि ओडकासाथै बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, गायक कुलेन्द्र विक, नायिका तथा मोडेल एलिना रायमाझि, बिबेक खतिवडा, शोभा त्रिपाठी र रमेश दुलालले आफ्नो प्रस्तुती दिएका थिए ।


गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाई छ । कार्यक्रमका आयोजक मनोज गोर्खाली लामोसमयदेखि यूएईलगायत मध्यपूर्वका देशमा हुने कार्यक्रमका साथै सामाजिक कार्यमा सक्रिय ब्यवसायी तथा एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक हुन् । त्यस्तै अर्का आयोजक मदन अधिकारी एनआरएनए युएईका युवा संयोजक लगायत फुटबल प्रशिक्षक, खेलाडी र व्यबसायी हुन । मनोज र मदन विगतमा पनि नेपालबाट कलाकार बोलाएर युएईमा सफल सांस्कृतिक कार्यक्रम गरी सकेका नेपालीमाझ चिरपरिचित नाम हुन् ।

कार्यक्रमको गोल्ड पार्टनरमा एनआरएनए सचिब आरके शर्मा र गौरीराज जोशी, सहकोषाध्यछ लोक दाहाल, प्रवक्ता डिबी क्षेत्री, ,मध्यपुर्ब संयोजक प्रबिन गुरुङ्ग, मध्यपुर्ब युवा संयोजक राज रेग्मी रहेका छन् । यस्तै ब्रोन्ज पार्टनरमा याक एण्ड यति दोहोरी ,नशा लोकदोहोरीलगायत रहेका छन । जनसवाल राष्ट्रिय दैनिक कार्यक्रमको आधिकारिक मिडिया पार्टनरको रुपमा रहेको छ भने रातोपाटी, डिसिनेपाललगायत पनि मिडिया पार्टन।रका रुपमा रहेका छन् ।